कोरोना भाइरस: अमेरिकामा ‘बेचैन पार्ने गरी’ सङ्क्रमण वृद्धि
अमेरिकाका प्रमुख सरुवा रोग विशेषज्ञले सांसदहरूलाई केही राज्यमा ‘बेचैन पार्ने गरी कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि’ देखिएको बताएका छन्।
डा. एन्थोनी फाउचीले अमेरिकामा कोरोनाभाइरसको नयाँ प्रकोप रोक्नका लागि आगामी केही दिन महत्त्वपूर्ण हुने बताएका हुन्। अमेरिकाका केही राज्यहरूमा सङ्क्रमणम तीव्र गतिमा बढिरहेको छ।
फाउची र अन्य तीन जना विज्ञहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कहिल्यै परीक्षणलाई कम गर्न नभनेको बयान दिएका छन्।






