मकवानपुरका सांसद रामनारायण विडारीको चेतावनीः ‘बजेट खर्च गर्न नसक्ने मन्त्रीहरूले सामूहिक राजीनामा दिनुपर्छ’

जनपत्र
२ असार २०७७, मंगलवार २०:३८

हेटौंडा । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरूले सामूहिक राजीनामा दिनुपर्ने बताएका छन् । विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरूमाथि छलफलमा भाग लिँदै बिडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफट काम नगर्ने मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताए ।

ुसाउनबाटै काम सुरु गरी बजेट खर्च गर्न मन्त्रीहरूलाई केले छेक्यो रु,ु उनले प्रश्न गरे, ‘चाँडै विकास निर्माणका बजेट ठीक समयमा खर्च होस् भनेर असारमा बजेट पास हुन्छ । अनि साउनबाट फटाफट काम गरे हुने नि । अनि मन्त्रीलाई काम गर्न केले छेक्यो रु कुन प्रेत आयो त्यहाँ, कुन भूत आयो त्यो रु किन चैत महिनामा मात्रै अख्तियारी आयो भनेर हल्ला गर्दै हिँड्ने रु यसपालि त कोभिडले चैत खायो, वैशाख खायो, जेठ खायो, असार आयो । अब ख्वाम–ख्वाम पैसा सिध्याउने काम गर्ने, कागज बनाउन थालियो ।ु यो सरकारले यसपटकबाट यस्तो काम गरोस् भन्दै उनले यति पनि गर्न नसके मन्त्रीहरूले सामूहिक राजनीनामा दिए हुने बताए । छुट्याएको बजेट खर्च गर्न नसेक किन तलब खाएर बसेको रु भन्दै उनले मन्त्रीले यो कुरा विचार गर्नुपर्ने बताए ।

विपक्षी दलहरूले समेत बजेट पुगेन भनेर भन्ने तर मन्त्रालयको खर्च १ सय रुपैयाँ राख्नुस् भनेर भन्ने प्रवृत्तिले विकास हुन नसकेको उनको भनाइ थियो । उनले भने, ‘विपक्षी झन् त्यस्तै । पैसा यहाँ पुगेन त्यहाँ पुगेन भन्छ । अनि बजेटचाहिँ १ सय रुपैयाँ मात्रै राखियोस् यो मन्त्रालयमा भन्छ । एक सय रुपैयाँ भन्छ अनि यो नि बनाइदे ऊ नि बनाइदे बजेट पुगेन भन्छ । विपक्षी यस्तै सत्ता उस्तै । अनि देश कसरी विकास हुन्छ रु’

राष्ट्रिय सभाबाट जति सुझाब दिए पनि बजेटमा कुनै परिवर्तन नहुने कुराको विरोध गर्दै उनले बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने बताए । बेलायत र अमेरिकालगायतका देशमा पनि बजेट संशोधन हुने गरेको उल्लेख गर्दै उनले सबैतिरबाट आएका सुझाबलाई आत्मसात् गरी बजेट संशोधन गर्न सरकार डराउन नहुने बताए । उनले भने, ‘यत्रो छलफल गऱ्यौँ, यत्रा दिनको तलब–भत्ता ग्वामग्वाम खायौँ । अनि बजेटचाहिँ सरकारले जे ल्यायो त्यही एक रुपैयाँ नि परिवर्तन हुँदैन । यस्तो पनि कहीँ हुन्छ रु यो छलफल नाटक किन गरेको रु’

अर्थमन्त्री डा। युवराज खतिवडाले प्रतिनिधिसभामा दैनिक खर्च धान्न गाह्रो भएको भन्दै दिएको अभिव्यक्तिको उनले आलोचना गरे । उनले भने, ‘म १५, १६ वर्षको थिएँ । १६ हजार ऋण छ नेपालीको टाउकोमा भनेर भाषण गर्थे । त्यो ऋण त अहिले पनि बाँकी नै छ रे, ३४ हजार पुग्यो रे । कस्तो सरकार चलाएछन् रु कस्तो ऋण तिरेछन् रु अब त ४० अर्ब खर्च रे १५ अर्ब आम्दानी रे । अनि तलब पनि विदेशीसँग मागेर खाने रे । अनि हामी परावलम्बी हुँदैनौँ भनेर धाक लगाउने रु’

सांसदहरू नीति निर्माणभन्दा पनि बजेटकै पछि कुद्ने गरेको उनले बताए । देशका लागि बजेट र नीति निर्माण गर्नुपर्ने भए पनि आफ्नो क्षेत्रका लागि कहाँ बजेट पाइन्छ भनेर सुँध्दै हिँड्ने प्रवृत्तिले देशको विकास नभएको उनले बताए । सरकारले सरकार ढल्ने डरले सांसदहरूलाई विभिन्न नाममा पैसा बाँडेको उनले बताए । उनले भने, ‘सांसदहरूले विरोध गरे सरकार ढाल्छ रे भनेर कहिले ६ करोड डाइरेक्ट, कहिले घुमाएर चार करोड, अनि बाटोघाटो भनेर १०–८ करोड हाल्दिने काम मन्त्रीले गऱ्यो । यसबाट देश विकास हुँदैन । त्यसैले बजेट मार्न र बजेट पार्न हुँदैन ।’

पछिल्लो समय सडकमा कोरोना महामारी नियन्त्रणका लागि भएको खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै भइरहेका प्रदर्शनलाई लक्षित गर्दै उनले मन्त्रालयलाई दैनिक खर्च वेबसाइटमा सार्वजनिक गर्न आग्रह गरे । उनले भने ‘कोभिड– १९ मा कहाँ कति कसरी खर्च भयो भनेर सडकमा नारा लगाउनुपर्छ रु दिनदिनैको वेबसाइट छ क्यारे ढ्याक्क हाल्नु । दिनदिनैको खर्च र आम्दानी । यति खर्च भयो, यति आम्दानी भयो, यति डोनेसन प्राप्त भयो भनेर निकाल्दा हुँदैन रु त्यो निकाल्न कसले छेक्यो हाम्रा मन्त्रीज्यूलाई रु अनि सडकमा नारा लगाउनुपर्ने विपक्षीले । के–के न भनेँ भनेर फुर्ती लगाउने । मैले त त्यो १० अर्ब पैसाको हिसाब मागेँ भनेर फुर्ती लाउने त्यसो किन गऱ्या ।’ नयाँ पत्रिका दैनिकको अनलाइनबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*