झोलुङ्ग पुललाई साना गाडी गुड्नेगरी वनाउन मकवानपुरका सांसद खतिवडाको माग
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले अहिले भइरहेका साना झोलुङ्गे पुलको डिजाइनलाई परिमार्जन गर्न माग गर्नु भएको छ । संघीय संसदमा जारी विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद खतिवडाले अहिलेको अवस्थाको झोलुङ्गे पुललाई परिमार्जन गरेर साना गाडी गुढ्नेगरी परिमार्जन गर्नुपर्ने माग गर्नुभयो ।
सबैतिर झोलुङ्गे पुल निर्माण गर्ने भन्दा पनि अव यसरलाई परिमार्जन गरेर साना खालका गाडी गुढ्ने भएमा थप सहज हुने वताउनुभयो । अहिले भइरहेका झोलुङ्गे पुलमा सवारीका साधन गुढायन मिल्दैन । त्यसैले यसलाई परिमार्जन गर्न माग गर्नुभयो । सबै क्षेत्रमा यातायातको पहुँच पुग्ने र सरकारको खर्चको समेत बचत हुने भएकोले झुलुङ्गे पुललाई प्राविधिकहरुसंग परामर्श लिएर परिमार्र्जन गर्नुपर्ने बताउनुभयो ।
पहाडी भेगमा निर्माण गरिने झुलुङ्गे पुलमा २ पाङ्ग्रे र साना ४ पाङ्ग्रे सवारी साधन चलाउन सकिने गरी निर्माण गर्नुपर्नेमा उनले जोड दिनुभयो ।
सांसद खतिवडाले मदनभण्डारी प्राविधिक विश्वविद्यालय निर्माण गर्ने विषयमा विधेयक संसोधन भएर आउँदा मकवानपुरको नाममै गायब भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । प्रस्तावनाको क्रममा उक्त विश्वविद्यालय मकवानपुरको चित्लाङमा गरिने भनिएको भएपनि विधेयक संसोधन भएर आउँदा मकवानपुरको नाम नै गायब भएको बताउनुभयो ।
सांसद खतिवडाले लकडाउन सुरु हुँदा राहत वितरणमा सक्रिय भएका निकायहरु अहिले मौन भएको बताउनुभयो । लकडाउन सुरु भएको हप्तादिनसम्म स्थानीय सरकार, प्रदेश सरकार र विभिन्न संघसंस्था राहत भन्दै दौडिए, तर १५÷२० दिन पुगेपछि ती राहत भन्दै फेसबुकमा फोटो हाल्नेहरु थाकेर सुतेका छन् र उनीहरुलाई नै राहत दिनुपर्ने अवस्था छ – उहाँले न्नुभयो । संघीय सरकारले स्थानीय सरकारलाई राहत वितरण, क्वारेन्टाइन निर्माणलगायतका प्रयोजनका लागि केही रकम पठाउनुपर्ने उहाँले वताउनुभयो ।
उहाँले भन्नुभयो–‘हाम्रा गृहमन्त्री हाँस्दा बादल सहितको पानी पर्छ । गाँजा खेतिको विषयमा आफुले पटक–पटक कानून संसोधन गरेर बैधानिकता दिने विषयमा प्रस्ताव गरेपनि केही निचोड निस्कन नसकेको आशय व्यक्त गर्दै सांसद खतिवडाले गृहमन्त्री रामबहादुर थापा बादललाई व्यङ्ग्य गर्नुभयो ।
उहाँले भन्नुभयो–‘हुन त कयौँ मन्त्री धेरै बोलेर बिग्रिन्छन्, हाम्रा मन्त्री ज्यू बोल्दै नबोलेर समस्या छ । बीरबल हास्यो भने पानी पर्छ भन्थे, हाम्रो मन्त्री ज्यू बोल्यो भने बादल सहित पानी पर्छ । तर फरक चाँही के छ भन्दा बीरबल हास्दा बादल नभएपनि पानी पर्छ तर हाम्रो मन्त्री ज्यू हाँस्दा बादलसहितको पानी पर्छ ।’






