पम्फा थापाको मौलिक लोक दोहोरी बजारमा (भिडियो सहित)

मकवानपुरे पुरानो गायिका भनेर चिनिने पम्फा थापा मगरको मौलिक लोक दोहोरी गीत कान्छी हो… को भिडियो बजारमा आएको छ ।
स्वर्गिय प्रेम थापाको संगीत, पम्फा थापा मगरको शब्द त्यसैगरि पम्फा थापा मगर, सिता थापा मगर र हरि थापा मगरको आवाजमा रहेको निक्कै रमाईलो मौलिक काठे भाकामा रहेको गीतको भिडियो गाउले परिवेशमा छायाङ्कन गरिएको छ ।
विक्रम लुङ्वा र सञ्चारकमी दिपक सिंह रुम्बाले निर्माण र विक्रम लुङ्वाले दिर्नेशन गरेको उक्त गीतमा काल्पनिक गायनको रुपमा सञ्चारकमी दिपक सिंह रुम्बा देख्न सकिन्छ । मकावनपुरगी ५ चुवारमा छायाङ्कन गरिएको उक्त भिडियोमा तिलक पाख्रिन, सुबिना रुम्बा, सन बहादुर रुम्बा, सुस्मिता रुम्बा लगायतको नृत्य त्यसैगरि हेमकुमार तितुङको अभिनय रहेको छ ।
हेर्नुस उक्त गीतको भिडियो