थप उद्योगलाई संचालनको अनुमति दिइने, औद्योगिक–व्यावसायिक क्षेत्रका लागि राहत सुविधा व्यवस्था गरिने
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा सतर्कता अपनाएर उद्योग संचालनमा ल्याइने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रशासनको सहयोगमा उद्योग संचालनमा ल्याइने योजना सुनाएका हुन् । प्रधानमन्त्रीले उद्योग संचालनको योजनाबारे भने, अब नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योगहरूलाई सञ्चालनको अनुमति दिइनेछ । काममा आउने आफ्ना श्रमिकलाई समुदायमा छ्यासमिस नहुने प्रबन्ध गर्ने सर्तमा जुन(जुन जिल्लाका श्रमिक हुन्, तिनीहरूलाई पहिले कोरोना परीक्षण गरी प्रशासनको निगरानीमा उद्योग(व्यवसाय सञ्चालन हुने स्थानमा ल्याउने प्रबन्ध मिलाइनेछ ।
उद्योगमा कार्यरत श्रमिकलाई कोरोनाविरूको पूर्ण सुरक्षा सतर्कता अपनाइने प्रधानमन्त्रीले बताएका छन् । सरकारले तोकेको नियम पालना गरेर श्रमिक परिचालन गरिने र उद्योग संचालन गर्ने योजना रहेको उनले जानकारी दिए । ुसम्बन्धित उद्यमीले आफ्नो व्यवसायमा रहने श्रमिकहरूले तोकेको प्रोटोकल पालन गरे(नगरेको अनुगमन आफैं गरी त्यसको नियमित जानकारी सम्बन्धित प्रशासनिक निकायमा गराउनु पर्नेछ,ु प्रधानमन्त्री ओलीले भने, ुयसको प्रभावकारिताको आधारमा क्रमशः थप व्यवसाय सञ्चालनको प्रक्रिया अघि बढाइनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कहिल्यै नहराउन सक्छ भन्ने संभावनालाई आत्मसात गर्दै यसको सामनाका लागि निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । साँझ केहीबेरअघि राष्ट्रका नाममा गरेको सम्वोधनमा उनले नेपालीको मनोबल उच्च भएको र रोग प्रतिरोधी क्षमता असाधारण भएको पनि बताए । उनले नेपालको प्राचीन खाद्य प्रणाली र भान्सामा प्रयोग हुने तत्वहरुले रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गरेको पनि बताए । निरोगी नेपाल निर्माण सरकारको प्रमुख लक्ष्य भएको बताउँदै उनले यसका लागि ५ वटा काम गर्न पनि देशवासीलाई आग्रह गरेका छन् ।
उपलब्ध आहारलाई स्वच्छ र सफा बनाएरमात्र खाने, लकडाउनको फुर्सदमा घरभित्रै प्रशस्त्र व्यायाम गरेर शारीरिक तन्दुरुस्ती कायम गर्ने सल्लाह उनले दिएका छन् । यस्तै भाइरस फोहोरमा रमाउने भन्दै उनले आफ्नो र बासस्थान वरपरको सरसफाइमा ध्यान दिन र पर्याप्त आराम गर्न पनि आग्रह गरेका छन् । उनले दिएको पाँचौं शुत्रमा मनोवल उच्च राख्ने छ । उनले अन्यको तुलनामा कोरोनाबाट मृत्यु हुनेको औषत थोरै भएको भन्दै यसलाई सबै मिलेर जित्नुपर्ने पनि बताएका छन् ।






