प्रधानमन्त्रीको चेतावनी : नेपालको स्वाभिमानमाथि निम्छरा वचन नबोल्दा राम्रो

लिपुलेकको सडकबारे चीनसँग पनि कुराकानी भएको छ : प्रधानमन्त्री
जनपत्र
६ जेष्ठ २०७७, मंगलवार १५:०६

काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले चिनियाँ राजदूतले आफ्नो सरकार बचाएको भन्ने ‘निम्छरो’ बयान नदिन चेतावनी दिएका छन् ।

अध्यादेश प्रकरणसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुवैै पद त्याग्नुपर्ने माग चर्किएको थियो । तर, ओली पार्टी सचिवालयमा आफ्नो पक्षमा बहुमत पुर्‍याउन सफल भएका छन् र तत्कालका लागि त्यो खतरा टरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकका सरकारको आगामी नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि फिर्ता गर्ने प्रतिबद्धता दोहोऱ्याएका हुन् । उनले अतिक्रमित भूमि फिर्ता गर्न परिस्थिति जटिल हुने लक्षण देखिए पनि जसरी पनि नेपाली भूमि फिर्ता गरिने प्रतिबद्धता गरेका हुन् ।

उनले भारतको मिचाहा प्रवृत्तितर्फ इंगित गर्दै भारतीय प्रतीक चिन्हको प्रसंग पनि उप्काएका छन् । ‘सत्यको जित हुन्छ कि सिंहको जित हुन्छ’ भन्ने कुराको जवाफ पनि भारतसँग सोध्ने प्रधानमन्त्रीले बताए ।

‘अशोकाले स्थापना गरेको चारतिर फर्केको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सत्यमेव जयते भारतको प्रतीक चिन्हमा लेखेको छ तर म विश्वास गर्छु । हामी सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्छौ । म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंहमेव जयते ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडकबारे चीनसँग पनि कुराकानी भएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि एक सांसदले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको भारतलाई जस्तै चीनलाई कूटनीतिक नोट पठाएको वा नपठाएको सोधेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले चीन सरकारका अधिकारीहरुसँग पनि कुराकानी भएको बताए । चीन सरकारका अधिकारीले यस सम्बन्धमा परम्परागत तीर्थयात्रा ट्रेड रुटको सम्वन्धमा मात्र कुरा गरिएको हो । यसले सीमासम्बन्धी प्रश्न वा त्रिदेशीय विन्दुमा कुनै असर गर्दैन भनेका छन्’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*