सचिवालय बैठकको बीचैमा बाहिरिए प्रधानमन्त्री ओली

नेकपाको स्थायी कमिटी बैठक अनिश्चित
जनपत्र
२४ बैशाख २०७७, बुधबार १८:१८

काठमाडौँ — बालुवाटारमा जारी नेकपाको सचिवालय बैठकबाट प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बीचमै बाहिरिएका छन् । भोलिलाई डाकिएको स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न यो बैठक बोलाइएको थियो । सरकारले जारी गरेर फिर्ता गरेको दुई अध्यादेश प्रकरणपछि नेकपाभित्र विवाद बढेको छ ।

अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि उनले कोरोनापछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर, अर्का अध्यक्ष र बरिष्ठ नेता माधव नेपाल पक्ष भने ओलीले अहिले नै राजीनामा दिनुपर्ने वा एक व्यक्ति एक पदको नीतिमा पार्टी जानुपर्ने पक्षमा छन् । यसकै बिषयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको स्रोतले दावी गरेको छ । उनी बाहिरिए पनि बैठक भने जारी छ ।

बैठकले भोलि बिहीबारलाई बोलाइएको स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालयमा गर्ने पनि निर्णय गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटीको बैठक अनिश्चित भएको छ ।

बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएका छन् । त्यसैले बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली भने आराम गर्न भन्दै निस्किएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*