अमेरिकी राष्ट्रपतिकी छोरीले उलंघन गरिन् लकडाउनको नियम

जनपत्र
५ बैशाख २०७७, शुक्रबार ०७:०२

अमेरिकी राष्ट्रपतिकी छोरी इभान्का ट्रम्पले लकडाउनको नियम उलंघन गरेर एक स्टेटबाट अर्को स्टेटमा भ्रमण गरेकी छिन्। उनी कार्यरत फेडरल सरकारले नै अमेरकीवासीहरुलाई घरमा बस्न निर्देशन दिएको बेलामा उनी भने एक स्टेटबाट अर्को स्टेट गएपछि अहिले आलोचना भइरहेको छ।

गत साता उनी श्रीमान् र बच्चाहरु लिएर न्युजर्सीमा रहेको बाबु ट्रम्पको नेशनल गल्फ गल्भ क्लवमा पुगेकी थिइन्। उनी बस्ने वासिङ्गटन डिसीका मेयरले जारी गरेको लकडाउनको निर्देशनमा अति आवश्यक काम परे मात्र घरबाट निस्कन भनिएको छ। यो आदेश अप्रिल एकबाट लागु भइसकेको छ। उनी लकडाउनको नियम उलंघन गरेर हिडेको न्युयोर्कटाइम्सले सार्वजनिक गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*