१९ चैतदेखि सबै हेलिकप्टरको उडान बन्द, एक वर्षको व्याज मिनाहा हुनुपर्ने व्यवसायीको माग

जनपत्र
७ चैत्र २०७६, शुक्रबार ०६:२९

कोरोना भाइरसको प्रभावका कारण हेलिकप्टरका सबै उडान पनि बन्द हुने भएका छन् । प्रतिबद्धता गरिसकेको उडान गर्ने र त्यो बाहेक नयाँ उडान नभएकाले सबै हेलिकप्टर १९ चैत २०७६ बाट भूमिस्थ ९ग्राउन्डेड० गर्नेसहितको निर्णय भएको वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए ।

संघको बिहीबार बसेको बैठकले ब्यांक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएको सम्पूर्ण ऋणको कम्तिमा एक वर्षको व्याज मिनाहा गर्न माग गरेको छ । वायुसेवा कम्पनीले लिएको ऋणको किस्ता एक वर्षलाई स्थगित गरी पुनर्तालिकीकरण गर्नुपर्ने, विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तान गर्न पाउने माग पनि गरेका छन्।

ब्यांकबाट सहुलियत ऋण पाउनुपर्ने, वायुयान कम्पनीलाई कोरोना भाइसरका कारण पुगेको क्षतिबाट पुनर्जीवित गर्न सरकारबाट विभिन्न शीर्षकमा इन्सेन्टिभ्स दिनुपर्ने माग गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*