आजदेखि मौसममा क्रमिक सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडि भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :
चैत्र ०४ गते मंगलबार
दिउँसोः देशको पहाडि भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
चैत्र ०५ गते बुधबार
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफारहनेछ । देशको पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफारहनेछ । देशको पूर्वी र मध्य पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।
चैत्र ०६ गते बिहिबार
दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।देशको पूर्वी र मध्य पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।