अवैध १० लाख रुपैयाँसहित दुई जना भारतीय हुण्डी कारोबारी पक्राउ

रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अवैध १० लाख नेपाली रुपैयासहित दुुई जना भारतीय हुण्डी कारोवारीलाई पक्राउ गरेको छ।१९ लाख रुपैया सहित दुुईजना हुण्डी कारोवारीलाई पक्राउ गरेको एकसाता नबित्दै सशस्त्र प्रहरीले फेरी दुुई जना हुण्डी कारोवारीलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीबल ११ नम्बर हेडक्वाटर गौरका प्रमुख एसपी रबिनराज कर्णजितको कमाण्डमा गएको टोलीले शुुक्रवार दिउसो १ बजे गौर २ मा चेकजाँचको क्रममा सिमावर्ती भारतिय बजार बैरगनियाबाट १० लाख रुपैया लिएर गौरतर्फ आउँदै गरेका दुुईजनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा भारत बिहार सितामढीस्थित बैरगनिया वडा १४ का चन्दन शिंहका छोरा २१ वर्षीय सन्नीकुमार पटेल र सोही ठाँउका नथुनी जयसवालका छोरा २६ वर्षीय सुुरज जयसवाल रहेको सशस्त्र प्रहरी रौतहटका डिएसपी प्रमोद भारतीले बताए ।