पशु सुत्केरी भत्ताले बढे पशुपालक कृषक

जनपत्र
६ फाल्गुन २०७६, मंगलवार ०६:०२

सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकलाई पशु सुत्केरी भत्ता दिने नीति कार्यान्वयनमा ल्याएपछि पछिल्लो समय व्यावसायिक पशुपालन गर्नेको संख्या बढेको छ । आर्थिक वर्ष २०७५र७६ देखि शुरू भएको यो नीतिले चालू आर्थिक वर्षमा पनि निरन्तरता पाएपछि पशुपालक कृषकको संख्यामा उल्लेख्य वृद्धि भएको नगरपालिकाले बताएको छ ।

नगरपालिकाले गत वर्षदेखि नगरक्षेत्रभित्र सुत्केरी हुने गाई, भैंसीलाई भत्ताबापत पशुधनीलाई १ हजार रुपैयाँ दिन शुरू गरेको थियो । यसलाई निरन्तरता दिँदै नगरपालिकाले चालू आवमा नगरपरिषद्बाटै पारित गरी प्रतिसुत्केरी पशु २ हजार रुपैयाँ सम्बन्धित पशुधनीलाई दिने व्यवस्था गरेको हो । नगरपालिकाले २ वर्षमा ५२८ पशु सुत्केरी हुँदा भत्ताबापत रू। ९ लाख ६७ हजार झुक्तानी दिएको छ । नगरपालिकाका अनुसार भत्ताबापत गतवर्ष रू। ८९ हजार र चालू आवको माघ दोस्रो सातासम्म रू। ८ लाख ७८ हजार कृषकलाई भुक्तानी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*