‘लभ डायरीज’ लाई ‘लभ आज कल’ र ‘साङ्लो’ थ्रेट

जनपत्र
३ फाल्गुन २०७६, शनिबार ०६:२४

गएको शुक्रवार प्रदर्शनमा आएको अभिनेता विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’ ले असोजपछि सुस्ताएको नेपाली फिल्मको व्यापार केही हदसम्म चलायनमान बनायो । फिल्मले सिंगल थिएटरमा प्रदर्शनको एक हप्तामा राम्रो व्यापार गरेको छ । यो फिल्मका कारण अहिले हलमा दर्शकको चहलपहल बढेको छ । यसबीच, शुक्रवारबाट फिल्म ‘लभ डायरीज’ प्रदर्शनमा आएको छ ।
‘साङ्लो’ ले पुनः हलसम्म दर्शक आउने माहोल सृजना गरेका कारण यसको प्रभाव ‘लभ डायरीज’ को व्यापारमा पर्नसक्ने आँकलन गरिएको छ । प्रदर्शन अगाडि गीतसंगीत र ट्रेलरले औसत हाइप निर्माण गरेको यो फिल्मसँग भिड्न हलमा अरु नेपाली फिल्म छैनन् । तर, मल्टीप्लेक्समा शुक्रवारबाटै प्रदर्शनमा आएको बलिउड फिल्म ‘लभ आज कल’ ठूलो थ्रेट बन्न सक्ने देखिन्छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*