‘लभ आज कल’ मा सेन्सर बोर्डको कैँची, मिल्यो यूए सर्टिफिकेट

लेन्टाइन डे मा रिलिज हुन लागेको इम्तियाज अलीको मनोरञ्जनात्मक फिल्म ‘लभ आज कल’ मा सेन्सर बोर्डले कैँची लगाएको छ।
र, बोर्डले यूए सर्टिफिकेट दिएर पास गरेको छ। बोर्डले फिल्मका केही अन्तरंग दृश्यमाथि आपत्ति जनाएको थियो र यो फिल्मलाई एडल्ट सर्टिफिकेट दिन चाहन्थ्यो। तर फिल्मका निर्देशक इम्तियाजले फिल्मका केही दृश्य परिवर्तन गरेपछि यूएको सर्टिफिकेट मिलेको हो। इम्तियाजले फिल्मलाई यूए सर्टिफिकेट मिलेको पुष्टि गरेका छन्।
यूए सर्टिफिकेटवाला फिल्म १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई उनीहरुका आमाबुवाका साथ मात्र देखाउन मिल्छ। तर, यू सर्टिफिकेटवाला फिल्म सबै प्रकारका दर्शकले हेर्न मिल्छ।
ए सर्टिफिकेटवाला फिल्म सिर्फ वयस्क दर्शकले मात्र हेर्न पाउँछन्। यस्तो फिल्ममा बोल्ड सीन्स हुने भएकाले ए सर्टिफिकेट दिइन्छ।
फिल्मको शूटिङको क्रममा कार्तिक आर्यन र सारा अली खानबीचको तथाकथित प्रेम सम्बन्ध भनेर व्याख्या गरिएको थियो।