‘ऐतिहासीक राजनीति परिवर्तनमा विद्यार्थीको महत्वपूर्ण भूमिका छ’

मानवी बानियाँ
१४ माघ २०७६, मंगलवार ०५:२१

स्कुले जिवन सर्लाहीदेखि नै विद्यार्थीको हकहितका लागि लड्ने नविन मिश्र २०७१ सालदेखि मकवानपुर जिल्लाको विधार्थी राजनीतिमा होमिएका हुन् । करिव सात बर्षदेखि अनेरास्वियु राजनीतिमा सक्रिय उनी विधार्थीहरु माझ अत्यन्त सहयोगी र मिलनसारको रुपमा चिनिन्छन् । २०७३ सालदेखि हेटौंडा क्याम्पसको स्ववियु सचिव रहेका उनि विद्यार्थीको मनमा बस्न सफल छन् । क्याम्पसमा हुने विभिन्न खालका विद्यार्थीको ढाड सेक्ने गरि लिईने शुल्क र विद्यार्थीको हर समस्या राजनितिक माध्यमबाट त्यस्ता समस्याका समाधान गर्न उनि निरन्तर विद्यार्थी नेतामा लागि परेका छन् । सञ्चारकर्मी मानवी बानियाँले गरेको संक्षिप्त कुराकानी तल प्रस्तुत गरिएको छ ।

 विद्यार्थी राजनीतिको अनुभव के कस्तो छ?

२०७१ सालदेखि हेटौंडा क्याम्सपमा भर्ना भए । त्यति बेलादेखिनै मलाई लाग्यो हामी जस्तो विद्यार्थीको आवाज कसले बोदिने र सुनिदिने । यो भन्दा अघिपनि मैले नगरेको होईन तर पनि राजनितिक क्षेत्रबाट लागेरै गरेको भनेको २०७१ सालबाट हो । सुरुवाती समयमा कुनै पार्टी संगठनमा नलागी स्वतन्त्ररुपमा विद्यार्थी राजनितिमा लागियो । पछिल्लो समयमा कुनै पार्टीसंग आस्था हुँदाखेरी आफुलाई सजिलो हुने र त्यो अस्थासंग अघि बढीरहँदा राम्रो हुने लाग्यो ।

शिक्षा संकाय स्नताक पहिलो वर्ष देखीनै कोषाध्यक्षदेखि सुरु भयो । कक्षा कमिटिबाट सुरु भएको मेरो यात्रा विस्तारै क्याम्पस कमिटि भईयो । सामाजिक परिवर्तनको आन्दोलनसंगै राष्ट्रियता, स्वाधिनता, जनजीविका र राजनैतिक परिवर्तनको आन्दोलनसँगै विद्यार्थीको हक, हित र अधिकार प्राप्ति र शैक्षिक क्षेत्रको व्यापक सुधारको लागि धेरै आन्दोलन तथा अभियानमा सहभागी समेत भयौं । विद्यार्थी आन्दोलनले उठाएका धेरै अधिकार प्राप्त भैसकेका छन् भने केही प्राप्ति हुने चरणमा रहेका छन् ।

 विद्यार्थीले राजनीतिमा लाग्नु भएको छ, कसरी विद्यार्थी राजनिति गर्नुपर्ला ? क्याम्पस पढ्नेलाई विद्यार्थी राजनीति आवश्यक छ ?

राजनीति समाजका सबै वर्ग, समुदायले बुझ्नुपर्ने विषय हो । विभिन्न समयमा नेपालमा ऐतिहासिक राजनीतिक परिवर्तन सम्पन्न भए । ती परिवर्तन ल्याउनको लागि विद्यार्थी वर्गको महत्वपूर्ण भुमिका रहेको छ । विगतमा विद्यार्थी शैक्षिक आन्दोलन लगायत राजनीतिक आन्दोलन समेत गरे, अब राजनैतिक आन्दोलन नभई शैक्षिक आन्दोलन एंव समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा लाग्नुपर्ने देखिन्छ ।

विगत, वर्तमान र भविश्यको बारेमा समाज र राष्ट्रको अवस्था राम्रोसँग अध्ययन गरी खोज, अनुसन्धान र विश्लेषको माध्यमबाट रचनात्मक तथा सिर्जनात्मक क्रियाशिलताका साथ उत्पादन सगैँ राजनीतिलाई जोड्नुपर्छ । जबसम्म शैक्षिक क्षेत्रमा देखिएका विकृति, विसंगती अन्त्य गर्दै गुणस्तरीय शिक्षाका नीतिगत, संरचनागत सुधार र परिवर्तनको लागि विद्यार्थी राजनीति आवश्यक छ । राजनीति अधिकार प्राप्तिको साथै भोलिको उज्यालो देश निर्माण गर्ने हामी युवा विद्यार्थी नै हो भन्ने कुरालाई आत्मसात गर्न जरुरी छ । जवसम्म शिक्षा क्षेत्रमा विकृति, विंसगति यथावत रहन्छन् तबसम्म विद्यार्थीहरु राजनैतिक माध्यमबाट परिवर्तनको लागि जागरुक बन्नुपर्दछ ।

७ वर्षको विद्यार्थी राजनिति गरिसक्नु भएको छ । यो अवधिभर तपाईले विद्यार्थीको के — कस्तो समस्या देख्नु भयो?

शिक्षण संस्थामा शिक्षक, कर्मचारीको अभाव, शैक्षिक संरचनाको अभाव, शैक्षिक सामाग्री, प्रयोगशाला, फर्निचर, पिउनेपानी, व्यवस्थित शौचालय, खेलमैदानको ब्यवस्था नहुनु । समयमै कोर्ष पुरा नहुने, विश्वविद्यालय तर्फ समयमा रुटिङ्ग प्रकाशन नहुने, परीक्षा समयमै नहुने र बढी त परिक्षाको समयमा शुल्क वृद्धी गर्ने क्याम्पसको प्रमुख समस्या रहेको छ ।

स्ववियु निर्वाचन हुने भन्ने कुरा छ । अब नजिकिदै पनि छ, स्ववियु निर्वाचनमा विद्यार्थीका मुद्धाभन्दा पनि आपसी प्रतिस्पर्धामा मात्रै केन्द्रित भएको देखिन्छ नि?

मुद्धाको कुरा गरिराख्दा, पार्टीगत रुपमा गईसकेपछि अवश्य आन, मान र सानका कुरा हुन्छन् । हामीले चाहेर पनि नचाहेरपनि पार्टीको आन, मान र सान तीनवटै कुरालाई मध्यनजर राखिन्छ तर निर्वाचित व्यतmीले निर्वाचनपछि के बुझ्नुपर्ने हुन्छ भने जो मान्छे पार्टी संगठनमा लागि रहँदा उ स्वतन्त्ररुपमा छैन्, कुनै पनि संगठनको आवद्धमा रहेको नेतृत्वमा रहेको पंतmीमा रहेको व्यतmी हो । निर्वाचन सक्कि सकेपछि उ साझा भयो, स्ववियु भनेको स्वतन्त्ररुपमा अगाडी काम गर्नुपर्छ । चाहे जुनसुुकै संगठन होस्, तीनै संगठन चारै संगठन व्यतmी आँउछन् भने तीनको समर्थनमा जानुपर्छ । सबै विद्यार्थीको प्रतिक्रीया सल्लाह सुझाव दिदै हामी अघि बढ्नुपर्छ र उसका ईच्छाा आकांक्षाहरु मतलव महत्वकांक्षा होईन उनिहरुलाई चाहिने आवश्यकताहरु पुरा गर्दै स्ववियुले गरेकै छ र भोलीको दिनमा पनि गर्ने छ ।

स्ववियुको कारणले विद्यार्थीको नियमित पठनपाठन भन्ने कुरा सुनिन्छनी?

तपाईको प्रश्न एकदम जायज छ । हामी विद्यार्थीको लागि राजनिति गर्ने भन्ने र विद्यार्थीकै पठनपाठन अवरोध गर्ने जस्ता कार्य कुनै मुल्यमा राम्रो हुँदैन् । अरु क्याम्पसको तुलाना मैले गर्न चाहिन । मेरो क्याम्पसको हकमा भनिरहँदा खेरी निर्वाचनपछि पनि हामी कुनै पनि सुचना लिएर अवश्यनै चार पटक सोचेर टिफीन टाईमको नजिक हुन्छकी—दुईचार मिनेट टीचरसंग मागेर हुन्छकी त्यसरी अहिलेसम्म हामीले कुरा गरेका छौ । तालाबन्दीको कुरा गर्नुपर्दा, विद्यार्थीको हकहितका लागि हामी लागि परेका छौ ।

विद्यार्थी हकहितमा लागि रहदा खेरी कुनैपनि महत्वकांक्षी आकाँक्षा लिएर हामीले कहिलेपनि तालाबन्दी गरेका छैनौ । विद्यार्थीलाईनै कक्षाकक्षामा गएर यस्तो यस्तो समस्याहरु भएको छ तपाईहरु भोग्न सक्नु हुन्छ भने हामी यसमा डिल गर्दैनौ, यदि होईन विद्याथीलाई साञ्चैनै समस्या परेको छ भने उहाँहरुकै सहमतीमा हामी आन्दोलनमा उत्रिन्छौ । पुराना खालका आन्दोलनका स्वरुप परिवर्तन भएको छ टाएर बाल्ने ढुङगा मुढा गर्ने होईन । अब भनेको रचनात्मक आन्दोलनको आवश्यकता छ । अब हामी टेवल टकबाटनै समस्याको समाधानमा लान्छौ ।

स्ववियुको अभावमा क्याम्सपमा विद्यार्थीले के कस्तो समस्या भोग्लान?

स्ववियु निर्वाचन नभईराख्दा हेर्नुस् अभिभावक बिनाको बालबच्चा भनिन्छनी, अभिभावक बिनाको बालबच्चा कस्तो टुहुरो हुन्छन्नी हो त्यहि किसीमको हुन्छ । किन भने एउटा अभिभावक भएसीनै त्यो बालबच्चाले गन्तव्इ प्राप्त गर्छ र उसको भविष्य निर्माण गर्छ । स्ववियु भनेको हेटौंडा क्याम्पसको कुरा गर्नुपर्दा त्यहा पर्ने असर भनेको आर्थीकस्थिती कमजोर भएका विद्यार्थी आँउछन, ती विद्यार्थीहरु पढ्नै नपाईकन उच्च शिक्षा हासील गर्न नपाईकन आफ्नो भविष्य अन्धकारमा धकेल्नुपर्ने बाध्यता हुन्छ । उनिहरुलाई पढ्ने रहर हुन्छ तर बाध्यता हुन्छ त्यहि भएर अभिभावक बिनाको बालबच्चा सरह हो स्ववियु बिनाको क्याम्पसका विद्यार्थी ।

फेरिपनि निर्वाचनको तयारीमा हुनुहुन्छ, तयारी कस्तो छ ? यो पटक पनि कम्युनिष्ट निकटले स्ववियुमा जित हाँसिल गर्ला त ?

हामी निरन्तर विद्यार्थी साथीकै बीचमा क्रियाशील छौ । विद्यार्थीले आफ्नो साथी मध्येबाट वास्तविक पहलकर्तालाई नेता चुन्ने हो यसले गर्दा हामीलाई चुनाव आयो भनेर चिच्याउनु, कराउनु र हताश हुन पर्दैन । हाम्रो कामले न्यायप्रेमी, शिक्षित विद्यार्थी साथीहरुले जनवादी, प्रगतिशील, अग्रगामी, विज्ञानवादी वैज्ञानिक विचारधारा बोक्ने कम्युनिष्ट खेमाका विद्यार्थीहरुलाई नै रोज्नुहुन्छ भन्नेमा विश्वस्त छौ । यसर्थ यो पटक त झन् हामी प्रत्यक्षमा सदा झैँ र समानुपातिकमा समेत एकल प्यानल आउनेमा ढुक्क छौ ।

अन्य संगठनको तुलनामा अनेरास्ववियु कुन अर्थमा भिन्न छ?

एकदम भिन्न छ । ३ सय ६४ दिन घरमा सुत्ने अरु संगठनको कुरा गर्नुपर्दा । कुनै अरोप होईन आधिकारीक हो गएर विद्यार्थीसंग सोध्न सकिन्छ । ३ सय ६४ दिन नामको मात्र विद्यार्थी नेता बन्ने चिया र चुरोटमै सिमित रहने गरेको हामीले प्रत्यक्ष देख्न सक्छौ । तर ३ सय ६५ दिन जुन दिन चुनावी महोल तातिन्छ अनि त्यो दिन क्याम्समा मुख देखाउने । हामी अनेरास्ववियुका विद्यार्थी नेताहरु अवश्य सबै दावेदारनै छ । हामी चाडवाड र विदाको समयमा मात्रै हामी विद्यार्थीको सेवाबाट अलगिएका छौ नत्र भने २४ सै घण्टा विद्यार्थीले चाहेका खण्डमा या नचाहेको खण्डमा त्यहाँका समस्यामा उपस्थित छु । आजको दिनमा पनि र भोलीको दिनमा पनि हामी हुनेछौ । यतिनै फरक छ अरुमा र हामीमा ।

चुनावी माहोलमा सबैको महत्वकांक्षा हुन्छन्, पार्टी भित्र पनि टन्नै महत्वकांक्षाीहरु छन् तरपनि तपाई र तपाईको संगठन कसरी अघि बढ्छ र कसरी मिलाउनु हुन्छ?

चुनावमा गईराख्दा महत्वाकांक्षाहरु थुप्रै भेटिन्छन् । भेटिनुपनि स्वभाविक हो किनकि कोहिपनि पद र पावरभन्दा पछि हट्न चाहादैनन् । तर पनि म चाहिँ सबै साथिहरुमा के भन्न चाहान्छु भने विशेषगरि महत्वकांक्षा बोकेका साथिहरुमा पार्टी र संगठनलाई सिरोधर राख्नैपर्छ त्यो निर्णयलाई मान्नै पर्छ एउटा कुरो र अर्को कुरा तपाई साथिहरु राजनिति गर्दै हुनुन्छ भने तपाई पद र पावरको लागि होईन विद्यार्थी राजनिति गर्नुस्, विद्यार्थीले तपाईलाई पत्ताउछ, विद्यार्थीले तपाईलाई महत्व दिन्छ र ग्राउण्ड फ्लोरबाट यो मान्छे हामीलाई चाहिँयो भन्छ र तपाई आउन सक्नु हुन्छ । यदि भोेलीको दिनमा नविन मिश्र चाहिएन हामीलाई र हामीलाई यो व्यतmी चाहियो भनिराख्दा खेरी कुनैपनि हालतमा नविन मिश्र या अनेरास्ववियुले त्यो सिर्जना गर्दैन् र तीनै व्यतmीलाई जिताउनको निमित्त अग्र स्थानमा हुनेछु यो चाहिँ मेरो प्रतिवद्धतानै भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*