सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नपर्छ : प्रमुख सचेतक गुरुङ

जनपत्र
५ माघ २०७६, आईतवार ०७:३६

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रमुख सचेतक देवप्रसाद गुरुङले तामाङ समुदायको सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल तामाङ घेदुङ चिती एकाइले आज तामाङ जातिको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५६औँ मुसा वर्ग ‘जिवा ल्हो’ को पूर्वसन्ध्यामा आयोजना गरेको सोनाम ल्होछार उत्सवमा उनले बहुभाषा, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको पहिचान जोगाउनुपर्नेमा जोड दिए ।

मुलुकमा रहेका सबै जातजाति समुदायको भाषा, संस्कार संस्कृति तथा पहिचानको संरक्षण गर्न वर्तमान सरकारले योजना बनाएर अघि बढेको उल्लेख गर्दै उनले तामाङ समुदायको ठूलो पर्व सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नतर्फ सरकार र तामाङ समुदाय लाग्नुपर्ने धारणा राखर् ।

सो अवसरमा नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका अध्यक्ष हरिजङ्ङ तामाङ, नेपाल तामाङ विद्यार्थी घेदुङ सङघीय उपाध्यक्ष जुन तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष अजय तामाङलगायतले अझै पनि तामाङ समुदायको हकअधिकार सुनिश्चिता भइनसकेकाले संविधान संशोधन गरेर पहिचानको रक्षा गर्नुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*