ओलम्पिक्सका खेलाडीलाई रिसाइकल गरिएका कार्डबोर्डबाट बनेका खाटमा सुताइने
यसैवर्ष जापानको राजधानी टोकियोमा आयोजना गरिने ओलम्पिक्समा खेलाडीहरुका लागि तयार पारिएको सुत्ने खाट रिसाइल गरिएका कार्डबार्डबाट निर्माण गरिएको छ । यस्तोमा टोकियो ओलम्पिक्समा सहभागी हुने सम्पूर्ण खेलाडीले यस कार्डबोर्डको खाटमै आराम गर्नेछन् । समितिले कार्डबोर्ड पुनः प्रयोग गर्न अत्यन्तै सजिलो हुने भएकाले नै यसलाई छनोट गरेको बताएको छ । त्यसैगरी कार्डबोर्ड काठ भन्दा अधिक बलियो हुने हुँदा व्यवहारिक रुपमा पनि यिनको प्रयोग उपयुक्त भएको बताइएको छ ।
यसरी खाटका म्याट्रेस समेत ‘पोलिइथाइलिन’ सामग्रीबाट निर्माण गरिएको सिमितिका अधिकारीले जानकारी दिएका हुन् जसलाई कार्यक्रम सकिएपछि प्लाष्टिकका विभिन्न उत्पादनका लागि पुनः प्रयोग गर्न सकिने बताइएको छ ।
यसवर्षको ओलम्पिक्सका लागि कूल १८ हजार खाट आवश्यक पर्नेछ भने प्यारालम्पिक्सका लागि ८ हजार चाहिने बताइएको छ । ती सबै खाटहरु २।१० मिटर लामो हुनेछन् र यसका निर्माणकर्ताहरुले बताए अनुसार सो कार्डबोर्डले २०० केजीसम्मको भार उठाउन सक्नेछ । यसअघि २०१६ मा भएको रियो ओलम्पिक्सका कुनैपनि खेलाडीको तौल त्यति थिएन ।
यसरी अन्तर्राष्ट्रिय समारोहहरुलाई थप वातावरणमैत्री बनाउने योजना अन्र्तगत ओलम्पिकको टर्च समेत घरमा र समुद्रमा फालिएका प्लास्टिकका फोहोर र खेर गएका अल्मनियम अनि पोडियमबाट निर्माण गरिने बताइएको छ । यता समारोहमा आवश्यक पर्ने विजुली पनि पुनः नविकरण गर्न सकिने श्रोतबाट मात्र उत्पादन गरिने बताइएको हो ।
यसअघि पनि ओलम्पिक्स समितिले विजेता खेलाडीहरुलाई प्रदान गरिने मेडल फालिएका डिभाइसबाट रिसाइकल गरिएका धातुबाट निर्माण गरिएको जानकारी सार्वजानिक गरेको थियो जसको विश्वव्यापी चर्चा भएको हो । टोकियो ओलम्पिक्स २४ जुलाइमा सुरु भइ ९ अगस्टमा सकिनेछ भने प्यारालम्पिक्स २५ अगस्टदेखि ६ सेप्टेम्बरसम्म जारी रहनेछ ।बाह्रखरीबाट







