मकवानपुरका न्यायीक समितिका पदाधिकारीहरु संग छलफल

जनपत्र
१६ पुष २०७६, बुधबार ०५:३३

हेटौंडा । मकवानपुरका दशवटै स्थानीय तहका न्यायीक समितिका पदाधिकारी संग अन्तरक्रिया कार्यक्रम भएको छ । अक्सफाम नेपाल तथा नारी सीप सृजना केन्द्रको संयुक्त साझेदारीतामा संचालित राजनितिमा महिला सहभागीता तथा नेतृत्व विकाश परियोजना अन्तर्गत कार्यक्रम गरिएको हो ।

मकवानपुर जिल्लाका दश वटै स्थानिय तहका न्यायिक समिति पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधि महिला नेतृहरु, मेलमिलाप केन्द्रका महिलाहरु तथा कानुनी सहजकर्ताहरु संग मासिक रुपमा अन्तरकृयात्मक कार्यक्रम गरिदै आएको नारी सिप सृजना केन्द्र मकवानपुरका अध्यक्ष सरस्वती वतौलाले वताउनुभयो ।

कार्यक्रममा ब्यतिmगत नेतृत्व विकाश, लैङ्गिक न्याय न्यायिक प्रणालि गुनासो तथा मेलमिलाप, कार्य क्षेत्रमा न्यायिक समितिको निति प्रकृया र चुनौती, अनुभव, सिकाइ, आदान प्रदानका विषयमा छलफल भएको थियो ।

स्थानीय तहका न्यायीक समितिलाई लजिस्टीक सहयोग सम्वन्धी संचालित कार्यक्रमले स्थानिय निकाय अन्तर्गत मेलमिलाप केन्द्र तथा न्यायिक समितिमा दर्ता हुने उजुरी तथा मुद्धाहरुलाई कानुन संवत तथा प्रकृयागत ढंगबाट धेरै हद सम्म सहयोग पुगेको छ । न्यायिक इजलास संचालन तथा न्यायिक कार्यसम्पादनमा यस कार्यक्रमले सहयोग पु¥याउन सफल समाजमा महिला पुरुष दुवैको समान अधिकार लैङ्गिक उत्तरदायी बजेट अन्तर्गत बजेट समेत हुनुपर्ने सहभागिहरुले वताएका छन् ।

बजेट विनियोजन चासोको विषय भएको जनप्रतिनिधि भएको हैसीयतले र सबै प्रकाराको हिंसा न्युनिकरण, स्थानिय स्तरमा महिलाको सिप, क्षमता तथा शसक्तिकरण, महिलाको पुरुष समान सहभागीता तथा सिपको विकाश, आय आर्जनमा बृद्धि लगायतका विषयमा विशेष रुपमा छलफल भयो ।

आर्थीक रुपमा महिलाहरुलाई सक्षम बनाउन निर्वाचित जनप्रतिनिधिहरुको भुमिकामा जिम्मेवार र बिकाशमा आफुहरु जनताको आसाको केन्द्र भएको महशुसिकरणका साथै संचालित कार्यक्रम सार्थक, औचित्यपूर्ण र उपलब्धीमुलक भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली, मकवानपुरका गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*