तालिम लिएकाहरुलाई सामाग्री हस्तान्तरण

जनपत्र
१४ पुष २०७६, सोमबार २२:०९

हेटौंडा । नारी सिप सृजना केन्द्र नेपालबाट विभीन्न तालिम लिएकाहरुलाई आज एक कार्यक्रमका विच सामाग्री वितरण गरिएको छ । मकवानपुरमा मानब बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजना अन्तरगतका नारी सीप सृजना केन्द्र र एडव्लुओ इन्टरनेस्नलको साझेदारितामा संचालित कार्यक्रबाट सामाग्री वितरण गरिएको हो ।

सिटिभीटीबाट मान्यता प्राप्त तालिम लिएमा १० जना सहभागीहरुलाई व्यबसाय बिस्तारको लागी सम्बन्धित बिषयमा सामाग्रीहरु बितरण गरिएको हो ।

वि. स. २०७६ भाद्र देखि संचालित तालिममा ब्युटिसिएन सम्बन्धि ३ जना, बिदुत जडान सम्बन्धि १ जना, सिलाई बुनाई सम्बन्धि २ जना, कम्प्युटर हाडवेयर सम्बन्धि ३ जना, मोबाईल रिपेरिङ सम्बन्धि १ जना गरी परियोजना क्षेत्रमा जम्मा १० जनालाई तालिम प्रदान गरिएको नारी सिपका फिल्ड संयोजक कविता विडारीले जानरी दिनुभयो । सहभागीलाई परियोजना संचालित १० वडामा स्थानिय स्तरमा नै सिप सिकी जिविकोपार्जन गर्न सकिन्छ भनी उदाहरणीय रुपमा प्रस्तुत गर्नको लागी वडा कार्यालयको सिफारिसमा छनौट गरीएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*