जब समर्थकले मैदानमै पारस खड्काकाे खुट्टा छाेए …

जनपत्र
१३ पुष २०७६, आईतवार ०६:५९

नेपाली क्रिकेटका सर्वाधिक लोकप्रिय खेलाडी मानिने पारस खड्काको टिम चितवन राइनोजले पोखरा प्रिमियर लिगको उपाधि जित्दा एक समर्थक मैदानमा नै पुगेर उनको खुट्टा ढोगे ।

पारसलाई निकै मन पराउने र आइडलजस्तै मान्ने ती समर्थकले पुरै फाइनल खेलमा चितवनको समर्थन गरेका थिए । जब चितवनले विराटनगरलाई ३२ रनले पराजित गर्‍यो र पारस सहित अरु खेलाडी सेलिब्रेसन गरिरहेको अवस्थामा अचानक एक युवा पारसको नजिकै गएर खुटमा आफ्नो शिर राखे ।

यो देखेर पारस पनि अचम्ममा परे । उनले ती समर्थकलाई सहानुभुति पूर्वक उठाएर हात मिलाए । यो क्षणमा चितवनका भुवन कार्की विक्रम सोब, सन्नतीि पटेल, करण केसी त्यहाँ उपस्थित रहेका थिए । उनीहरु पनि यो क्षणबाट निकै अचम्ममा परेका थिए । उनले पनि ती युवालाई सम्झाएका थिए । पारसको ७७ नम्बरको जर्सी लगाएका ती युवालाई पारसले अंकमाल गराएर मैदान बाहिर पठाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*