सानेपास्थित एक ग्यारेजमा भीषण आगलागी

जनपत्र
१३ पुष २०७६, आईतवार ०६:४६

सानेपाको एक ग्यारेजमा भीषण आगलागी भएको छ। स्टार हस्पिटलबाट बल्खुतर्फ २०० मिटर पर रहेको एक ग्यारेजमा राति ८ वजेबाट आगलागी भएको महानगरीय प्रहरी प्रभाग सानेपाका प्रहरी सहायक निरीक्षक पुरन बर्देवाले जानकारी दिए।

आगो नियन्त्रणमा लिने क्रम जारी रहेको प्रसनि बर्देवाले बताए। आगो नियन्त्रणका लागि ५ वटा दमकलको प्रयोग भएको उनले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रणमा लागेको थियो। आगलागीको कारण र क्षतिबारे यकिन जानकारी नआइसकेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*