रामकृष्ण ढकालको डिभोर्सको कारण यस्तो
२०५९ मंसिर १४ गते विवाह बन्धनमा बाँधिएका चर्चित गायक रामकृष्ण ढकाल र निलम शाहबीच सम्बन्धविच्छेद भएको छ । यो समाचार मिडियामार्फत थाहा पाएका आम नागरिकर ढकालका शुभेच्छुकले निकै चासो र चिन्ता व्यक्त गरेका छन् । धेरै आश्चर्यचकित बनेका छन्। सबैको एउटै प्रश्न छ, ‘आखिर १७ वर्षको वैवाहिक जीवनमा उनीहरुले किन पूर्णविराम लगाउने निर्णय गरे त रु किन डिभोर्स भयो, उनीहरुको ?’ रामकृष्ण ढकालले समय नदिएपछि विवाद बढेको नीलमले लेखेकी छिन् ।
उनले अदालतमा दायर गरेको निवेदनमा विवाह भएपछि शुरुका केही समयसम्म हामीहरु बीचको दाम्पत्य सम्बन्ध सुमधुर नै रहेकोमा विपक्षी पति आफ्नो काममा प्राय सधैं नै व्यस्त रहने कारणले घर परिवारलाई उचित समय दिन सक्नुभएको थिएन। हामीहरुलाई केही समय दिनुस, पति तथा पिताको दायित्व पूरा गर्नुस् भनी बारम्बार भन्दा आफ्नो कार्य व्यस्तताले हामीहरुलाई उचित समय दिन सक्नु भएन। यसैकारणले हामीहरुको बीचमा मनमुटाव तथा सामान्य झै झगडा समेत हुन थाल्यो भनेर लेखेकी छिन् । निलमले श्रीमानलाई पटक पटक विदेश जान र उतै बस्न समेत दवाव दिएको तर ढकालले नमानेको अदालतमा बुझाएको निवेदनमा उल्लेख छ। ‘मैले हामीसँग विदेश जाउँ, त्यहाँ हामो भविष्य उज्वल छ भनी सम्झाउँदा उहाँले म नेपालमा नै केही गर्न चाहन्छु। मेरो पेशाको भविष्य पनि नेपाल मै छ भन्नुभयो, विवादको कारण उल्लेख गर्दै शाहले निवेदनमा लेखेकी छिन्।
https://www.youtube.com/watch?v=IyhRHPQBIyw







