पर्यटन वर्ष सफल पार्न युवा क्रियाशील हुनु पर्नेछ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न देशका युवा वर्ग क्रियाशील हुनुपर्ने बताएका छन् ।
चितवनको रत्ननगरमा आजदेखि शुरु भएको नेपाल जेसिजको ४६औँ महाधिवेशनको उद्घाटन गर्दैै अध्यक्ष प्रचण्डले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्वारमा महाधिवेशन गर्नु आफैँमा महत्वपूर्ण भएको उल्लेख गरे ।
उनले नेपाल भ्रमण वर्ष सफल बनाउन सातवटै प्रदेशबाट एकसाथ शुभारम्भ गर्ने कार्यक्रम रहेको बताए । अध्यक्ष प्रचण्डले देशमा ठूलो त्याग र तपस्यापछि नयाँ राजनीतिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न युवालाई एक भएर अघि बढ्न आग्रह गरे ।