तान्जानियामा मौरीले खेलिरहेका फुटबलरलाई टोक्न थालेपछि
तान्जानियामा भइरहेको एउटा फुटबल खेललाई मौरीको बथानले रोकेको छ । खेल भइरहँदा मौरीको बथानले मैलानमा खेलिरहेका फुटबलरहरुलाई टोकेको थियो ।
स्थानीय दुई क्लब योङ अफ्रिकन्स र इरिंगा युनाइटेड खेल खेलिरहेका थिए । त्यहाँको उहुरु रंगशालाको घटना हो यो । यसलाई भिडियोमा बिबिसीले राखेको छ जुन भिडियो अहिले खेलप्रेमीबीच लोकप्रिय भइरहेको छ । एजेन्सी







