टेस्ट र एकदिवसीय क्रिकेटको डेब्यूमै शतक प्रहार गर्ने पहिलो क्रिकेटर बने आबिद अली

जनपत्र
१ पुष २०७६, मंगलवार ०५:५९

पाकिस्तानी क्रिकेटर आबिद अली टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमा शतक प्रहार गर्ने विश्वको पहिलो क्रिकेटर बनेका छन् । आबिदले श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा गएको आइतबार यो उपलब्धि हासिल गरेका हुन् । पाकिस्तान र श्रीलंकाबीचको पहिलो टेस्ट भने बराबरीमा सकिएको छ ।

३२ वर्षीय आबिद ९५ रनमा खेलिरहेका थिए, उनले विश्व फर्नान्डोको बलमा पहिला चौका प्रहार गरे र अर्को बलमा दुई रन लिएर आफ्नो शतक पूरा गरेका हुन् । आबिद अलीले गएको मार्चमा अस्ट्रेलियाविरुद्ध दुबईमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दै ११२ रनको पारी खेलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*