साग पदक विजेताहरुलाई नगर परिक्रमा

जनपत्र
२८ मंसिर २०७६, शनिबार ०७:०३

भर्खरै सम्पन्न १३ औंँ दक्षिण एसियाली खेलकुद ९साग० मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले खेलाडीलाई नगर परिक्रमा गराएको हो । नगर परिक्रमा त्रिपुरेश्वरमा रहेको राखेप हाताबाट सुरु भएको थियो ।

पैदल नगर परिक्रमाको अगाडि भागमा नेपाली सेनाको ब्यान्ड थियो भने त्यसलगत्तै राखेपका उपाध्यक्ष एवं नेपाली टोलीका सेफ दे मिसन पिताम्बर तिम्सिना, संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, खेलाडी, प्रशिक्षक, संघका पदाधिकारीहरु हुनुहुन्थ्यो । टोली न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपसम्म पैदल गएको थियो ।

भृकुटीमण्डपबाट सम्पूर्ण टोलीले भ्यानमा नगर परिक्रमा गरेका थिए । भृकुटीमण्डपबाट टोली सिंंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली हुँदै त्रिपुेश्वरको राखेपको हातामा प्रवेश गरेपछि नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*