४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

जनपत्र
२४ मंसिर २०७६, मंगलवार ०६:५१

तेह्रौं दक्षिण एशियाली खेलकूद ‘साग’ मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले सोमबारका खेल सकिँदासम्म ५४ रजत तथा ९२ कास्यसहित कूल १९५ पदक जितेको छ । नेपालले बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो ।

भारत पदक तालिकाको शीर्षस्थानमै । भारतले १५९ स्वर्ण, ९१ रजत र ४४ कास्यसहित कूल २९४ पदक जितेको छ । श्रीलङ्का ३९ स्वर्ण, ७९ रजत र ११८ कास्यसहित तेस्रो, पाकिस्तान ३२ स्वर्ण, ३७ रजत र ५५ कास्यसहित चौथो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*