१३ औं साग : गौरिकालाई चार स्वर्णपदक
तेह्रौं दक्षिण एशियाली खेलकुद ‘साग’ को एकै संस्करणमा तीन स्वर्णको ह्याट्रिकसहित ऐतिहासिक कीर्तिमान कायम गरेकी जलपरी गौरिका सिंहले चौथो स्वर्णपदक जितेकी छन् । उनले सोमवार सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा भएको १०० मीटर फ्रीस्टाइल पौडीमा भारतलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् ।
यस रेकर्डसँगै तेक्वान्दो खेलाडी दीपक विष्टसँग स्वर्णपदक बराबरी गरेकी उनी एकै सागमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडी बनेकी छन् । विष्ट सागका चारओटा संस्करणमार्फत चारओटा स्वर्णपदक जित्दै सागमा सर्वाधिक स्वर्णपदक जित्ने पहिलो नेपाली बनेका थिए ।







