साग फुटबल फाइनलको टिकट सकियो

१३ औं दक्षिण एशियाली खेलकुद ‘साग’ अन्तर्गत मंगलवार हुने पुरुष फुटबल फाइनलका सम्पूर्ण टिकट विक्री भइसकेका छन् । सागको टिकट विक्री तथा व्यवस्थापन सम्हालेकोे ई–सेवाका अनुसार फाइनलका लागि ९ हजार २०० टिकट विक्री भएका छन् । खेल बेलुकी ३ बजेदेखि शुरू हुनेछ ।
मंगलवार सागको समापन समारोह पनि भएकाले खेल शुरू हुनुभन्दा आधा घण्टाअगाडि नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने ई–सेवाले जानकारी दिएको छ । विशिष्ट पाहुनाको सवारी तथा सुरक्षाका दृष्टिकोणले खेल शुरू हुनुभन्दा आधा घण्टा अगाडि नै प्रवेश गेट बन्द गरिने भएकाले दर्शकलाई २ घण्टा अगाडि नै रंगशाला पुग्न आग्रह गरिएको छ । मंगलवार पुरुष फुटबलतर्फ नेपाल र भुटान स्वर्ण पदकका लागि भिड्दैछन् ।