गाैरिकाले रचिन् इतिहास : एउटै सागमा ३ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी

जनपत्र
२३ मंसिर २०७६, सोमबार ०६:३०

नेपालले एथ्लेटिक्स अन्तर्गत पौडीमा अर्को एउटा पदक थपेको छ । ४०० मिटरको फ्रीस्टाइलमा नेपालकी गौरिका सिंहले ४ मिनेट २५ सेकेण्ड २८ मिलिसेकेण्डको समय निकालिन् । भारतकी शिवानी शर्मा भने दोस्रो भइन् । उनले ४ मिनेट २६ सेकेण्ड र २२ मिलिसेकेण्डमा दुरी पार गरिन् । त्यस्तै ४ मिनेट ४१ सेकेण्ड र ९१ मिलिसेकेण्डको समय निकाल्दै श्रीलंकाकी रमुद्री निलारा तेस्रो भइन् ।

जारी सागमा तेस्रो स्वर्ण जित्दै गौरिका एउटै सागमा ३ स्वर्ण जित्ने पहिलो महिला एथ्लिट बनेकी छिन् । उनले २०० मिटर फ्रीस्टाइल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छिन् । योसँगै १३औँ सागमा नेपालको स्वर्ण पदक संख्या ४४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*