अटो दुर्घटना हुँदा चितवनमा ५ जनाको मृत्यु

जनपत्र
२२ मंसिर २०७६, आईतवार ०७:०९

चितवनको राप्ती नगरपालिका वडा नं। ५ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडा नम्वर ४ चेपाङमार्गबाट भण्डारातर्फ जाँदै गरेको ना १ ह ६४०९ नम्वरको अटो राप्ती ५ डुम्रेखाडी पुल नजिक अनियन्त्रीत भई पल्टिँदा दुर्घटना भएको हो ।

अटो पल्टिदा त्यसमा रहेका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिकाका ३५ वर्षिय श्यामप्रसाद तिवारी रहेका छन् । अरुको भने सनाखत हुन सकेको छैन । घाइते मध्ये एक जनाको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*