सडक पिच गर्दागर्दै जब एक पुरुषले खाल्डो खन्न थाले…

जनपत्र
२० मंसिर २०७६, शुक्रबार ०६:२७

मध्यपुर थिमी नगरपालिकाको भीमसेनचोक–बोडे खण्डमा बिहीबार धमाधम सडक कालोपत्रेको लागि रोलर मेसिन अघि–पछि गर्दैगर्दा एक पुरुष आएर भर्खरै हालिएको आलो पिच धमाधम खन्न थाले र सडकको आधाभागसम्म खनेर खाल्डो बनाइदिए ।
प्रहरी पनि तैनाथ थिए त्यहाँ । तर, ती व्यक्तिले पिक ल्याएर भर्खरै हालिएको आले पिच खन्दै गर्दा उनलाई कसैले रोक्न सकेन । सडकमा आफ्नो जग्गा परेको झोकमा एक घरधनी महिला पनि कालोपत्रे गरिएको भन्दै विरोधमा बोलिरहेकी थिइन् । सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत सडक विस्तार नगर्न भन्दाभन्दै पिच गरिएको भनेर उनी आक्रोशित थिइन् । उनले आफूसँग सबै कागजात हुँदाहुँदै रातारात डोजर लगाएर सडक बनाएको आरोप लगाइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*