‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका आज सार्वजनिक हुने

जनपत्र
१३ मंसिर २०७६, शुक्रबार ०६:२२

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका आज ‘शुक्रबार’ सार्वजनिक हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मंसिर अन्तिम साताबाट शुरु हुने लिगको खेल तालिका शुक्रबार दिउँसो सार्वजनिक गर्ने जनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजेपछि खेल तालिका सार्वजनिक गरिने छ । ‘ए’ डिभिजन लिग मंसिर २८ गतेबाट सुरु हुनेछ । रेलिगेसनसहितको हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका लागि १४ क्लबले १८र१८ खेलाडी दर्ता समेत गराईसकेको एन्फाले जनाएको छ ।

एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो । यस्तै एन्फाले एन्फा कम्प्लेक्सको गेट अगाडी निर्माण गरिएको पार्कको उद्घाटन समेत शुक्रबार गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*