साग महिला भलिबलमा नेपालको सुखद सुरुआत

जनपत्र
१२ मंसिर २०७६, बिहीबार ०७:१०

नेपालको महिला भलिबल टोलीले १३औं दक्षिण एसियाली खेलकुद ‘साग’ मा सुखद सुरुआत गरेको छ । सागको औपचारिक उद्घाटन हुनुभन्दा चार दिनअघि राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ कभर्डहलमा सुरु भएको महिला भलिबलको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हरायो ।

तुलनात्मक रूपमा निकै कमजोर रहेको बंगलादेशमाथि नेपालले सहज जित निकालेको थियो । पहिलो सेटमा २५–९ को जित हात पारेको नेपालले दोस्रो सेटमा पनि २५–९ कै नतिता निकाल्यो । तेस्रो सेटमा नेपाल २५–११ ले विजयी भएको थियो । सुरुआतमा पहिलो रोजाइका खेलाडीलाई उतारेको नेपालले बंगलादेशले कमजोर प्रदर्शन गरेपछि दोस्रो सेटदेखि सबै खेलाडीलाई पालैपालो मौका दिएको थियो । बंगलादेशले नेपालको सर्भिसलगायत नेगेटिभ प्वाइन्टमा अंक लिएको थियो । खेलपछि नेपालका प्रशिक्षक जगदीश भट्टले बंगलादेशलाई कमजोर आँक्दा खेलमा केही कमजोरी भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*