एएफसी यू–१९ च्याम्पियनसिप छनोट: अन्तिम खेलमा किर्गिस्तानसँग नेपालकाे गोलरहित बराबरी

जनपत्र
२५ कार्तिक २०७६, सोमबार ०६:०४

एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको छ । यसअघिका दुवै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको नेपालले ३ खेलमा एक गोल पनि गर्न सकेन । इरानको तेहरानमा रहेको पीएस रंगशालामा भएको प्रतियोगितामा यसअघि नेपालले यूएई र घरेलु टोलीसँग समान ४–० गोलअन्तरको पराजय ब्यहोरेको थियो ।

आइतबार किर्गिस्तानलाई दबाबमा राखे पनि नेपालले गोल भने गर्न सकेन । कप्तान रेजिन सुब्बा र राजीव लोप्चनले खेलको अन्त्यतिर पाएको अवसर सदुपयोग गर्न सकेनन् । फलस्वरुप नेपाल जितविहीन हुँदै घर फर्कने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*