मेस्सीको ह्याट्रिकमा बार्सिलोना शीर्ष स्थानमा उक्लियो

जनपत्र
२४ कार्तिक २०७६, आईतवार ०६:१९

लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । मेस्सीले एक गोल पेनाल्टीमा र फ्रिकिकमार्फत दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

सेल्टा भिगोका ओलाजाले ४२ औ मिनेटमा खेल बराबरीमा ल्याए । पहिलो हाफको ईन्जुरी समयमा गोेल गर्दै मेस्सीले पुन बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सीले ४८ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३–१ ले अघि पुग्यो ।

सर्जियो बुस्केटले ८५ औ मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए । शीर्ष स्थानको बार्सिलोनाले १२ खेलबाट २५ अंक जोड्यो । दोस्रो स्थानको रियल मड्रिडसंग समान अंक भएपनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा रह्यो । सेल्टा भिगो ९ अंक सहित रेलिगेशन जोनमै छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*