दशरथ रंगशालामा हुने भनिएकाे नेपाल र कुवेतकाे खेल भुटानमा हुने

जनपत्र
२२ कार्तिक २०७६, शुक्रबार ०६:१९

फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ । एएफसीका प्रतिनिधिको रिपोर्टका आधारमा नेपालले घरेलु मैदानमा खेलाउने भनिएको खेल अन्तिम समयमा भुटानमा हुने भएको हो । एएफसीका प्रतिनिधि देङ सिआ लोङले एन्फालाई इमेलमार्फत यो खेल भुटानको चाङलिमिथाङमा हुने जनाएका हुन् । केही दिनअघि एएफसीको टिम निरीक्षणका लागि काठमाण्डौ आएको थियो, त्यही समितिको रिपोर्टका आधारमा एएफसीले नेपालले घरेलु मैदानमा खेलाउने भनिएको कुवेतविरुद्धको खेल भुटानको थिम्पुमा सारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*