इमर्जिङ एसिया कप खेल्ने नेपाली टिमको घोषणा, यसकारण अटाएनन् पारस खड्का

जनपत्र
२१ कार्तिक २०७६, बिहीबार ०६:२३

यही नोभेम्बर १२ देखि २४ तारिखसम्म बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार राति इमर्जिङ एसिया कप खेल्ने १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको जानकारी दिएको हो ।

ज्ञानेन्द्र मल्लले कप्तानी गर्ने उक्त प्रतियोगितामा फेरि पनि पूर्व कप्तान पारस खड्का समावेश हुन सकेनन् । काठमाडौंमा बेलायती मेरिलेबन क्रिकेट क्लब एमसीसीसंग खेल्नका लागि टिममा नअटाएका खड्काले यो इमर्जिङ कपमा भने युएईमा आयोजना हुने टी–१० क्रिकेटका कारण खेल्न नपाउने भएका हुन् ।

पारसले पहिलो पटक यो प्रतियोगिता खेल्न पाएका हुन् । पारससंगै अर्का क्रिकेटर सन्दीप लामिछाने पनि खेल्न पाउने छैनन् । सन्दीप पनि टी–१० खेल्न युएई जाँदैछन् । सन्दीपले एमसीसी विरुद्धको फस्ट क्लास क्रिकेट भने खेलिरहेका छन् । टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने प्रतियोगिताको नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् ।
यस्तो छ नेपाली टिम–
ज्ञानेन्द्र मल्ल ‘कप्तान’
दिपेन्द्र सिंह ऐरी ‘उपकप्तान’
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
रोहित कुमार पौडेल
ललित नारायण राजवंशी
पवन सर्राफ
सन्दीप जोरा
सुशन भारी
इशान पाण्डे
आरिफ शेख
अविनाश बोहरा
कुशल भुर्तेल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*