प्रदेश नं ५ मा विप्लव समूहको गतिविधि निस्तेज हुँदै गएको निष्कर्ष

जनपत्र
२१ कार्तिक २०७६, बिहीबार ०६:१९

प्रदेश नं ५ मा माओवादी विप्लव समूहको गतिविधि निस्तेज हुँदै गएको प्रदेशको उच्च सुरक्षा तहमा निष्कर्ष निकालिएको छ । दाङ जिल्ला लगायतमा प्रतिबन्धित विप्लव समूहका उच्चस्तरीय नेतृत्वको गिरफ्तारी र प्रहरी प्रशासनको सक्रियताले समूहको अवस्था कमजोर हुँदा विध्वंशात्मक कार्य नियन्त्रणमा सफलता मिल्दै गएको विश्लेषण गरिएको छ ।

प्रदेश नं ५ का १२ वटै जिल्लाका प्रजिअ र सबै सुरक्षा अङ्गका प्रमुखसहित नेपाल सरकार गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित दुई दिनसम्म बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भएको छलफलमा प्रदेशका जिल्लाहरुको सुरक्षा अवस्था बारेमा प्रस्तुत रिपोर्टअनुसार विप्लव माओवादीको अवस्थाका बारेमा निष्कर्ष सार्वजनिक गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*