क्रिकेटका महान खेलाडी सचिन तेन्दुल्कर नेपाल आउँदै

जनपत्र
२० कार्तिक २०७६, बुधबार १७:२०

भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् । सचिन युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन् । युनिसेफको सद्भावना दूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने लगभग पक्का भएको स्रोतले दाबी गरेको छ । १६ तारिखमा सम्भव नभएमा २० वा २२ तारिख आउने गरी कुराकानी भइरहेको छ ।

उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेको बताइएको छ । उनी सोही दिन भारत फर्कने बताइएको छ । सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए । त्यसपछि उनी कुनै एक कार्यक्रममा नेपाल आउन चाहेका थिए ।

विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान सचिन नेपाल आउँदा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा हुने छैनन् । यो बीचमा नेपालले बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स कपमा सहभागिता जनाउँदैछ । यस्तै, नेपालका पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने यही समयमा टी–१० लिगमा हुनेछ । पारसलाई नेपाल सरकारले पोषण तथा खाद्य सुरक्षाको सद्भावना दूत नियुक्त गरेको थियोे । युनिसेफले पारस र सचिनलाई एउटै मञ्चमा राखेर कार्यक्रम गर्न चाहे पनि टी–१० लिगका कारण सम्भव नहुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*