एनगोलो कान्टे अजाक्सविरुद्धको खेलमा मैदान फर्कने

जनपत्र
१९ कार्तिक २०७६, मंगलवार ०६:४८

चोटका कारण मैदान बाहिर रहेका चेल्सीका मिडफिल्डर एनगोलो कान्टै अजाक्सविरुद्धको खेलमा मैदान फर्कने भएका छन्।चेल्सीका मुख्य प्रशिक्षक फ्याङ्क लाम्पार्डका अनुसार मिडफिल्डर कान्टे मंगलबार च्याम्पियन्स लिग अन्तर्गत अजाक्सविरुद्वको खेलमा मैदानमा देखिने बताएका हुन् ।

फ्रान्सका अन्तराष्ट्रिय खेलाडी पछिल्लो महिना मैदान देखिएका छैनन् । युरो छनोटको आईसल्याण्डविरुद्वको खेल अगाडी वार्मअपको क्रममा उनले चोट बोकेका थिए । सोही कारण उनले चेल्सीको पाँच खेल गुमाएका थिए । उनी अभ्यासमा फर्किएका छन् । र घरेलु मैदानमा डच च्याम्पियन अजाक्सलाई निमन्त्रणा गर्ने क्रममा उनी मैदान देखिने प्रशिक्षक लाम्पार्डको दाबी छ ।

‘उनी टोलीमा छन् । चोट निको भईरहेको देखिएको छ ।’ लाम्पार्डले भनेका छन् । चेल्सी प्रशिक्षकले एन्टोनियो रुडिगर टिममा फर्कने बिषयमा भने अनिश्चितता ब्यक्त गरे । च्याम्पियन्स लिगको समुह एचमा रहेको चेल्सी र अजाक्सको समान ६ अंक छ । गोल अन्तरका आधारमा चेल्सी शीर्ष स्थानमा छ । तेस्रो स्थानको भ्यालेन्सियासंग २ अंकको अग्रता छ ।

लाम्पार्डको टिमले पछिल्लो खेलमा वाटफोर्डलाई २–१ ले हराएको थियो । र प्रिमियर लिगको शीर्ष चारभित्र आफुलाई राख्न सफल भएको छ । च्याम्पियन्स लिग लगत्तै चेल्सीले घरेलु मैदानमा प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससंग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*