द भ्वाइस अफ नेपालको ‘टप १२’ का लागि टीम दीपबाट छानिए तीन जना

जनपत्र
९ कार्तिक २०७६, शनिबार ०६:५३

नम्बर एक टेलिभिजन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-२ को टप १२ का लागि तीन जना प्रतिभा छनौट भएका छन् । नकआउटको पहिलो एपिसोडमा पहिलो प्रस्तुतीमा विकाश लिम्बु, पृथवेन्द्र र अंकितले गाएका थिए । जसमध्ये विकाशले अन्य दुईलाई उछिन्दै लाइभ सोका लागि स्थान बनाए । यस्तै, दोस्रो प्रस्तुतीमा तीन जना चेलीहरु रजनी राई, सुमन परियार र निर्मला घिसिङले प्रतिस्पर्धा गरे ।

उनीहरुमध्ये सुमन र निर्मलाको भ्वाइसको यात्रा यहीँबाट टुंगिएको छ । जनवादी गायिका निर्मलाले भ्वाइसमा सहभागीता जनाएसँगै निकै भाइरल बनेकी थिइन् । तेस्रो प्रस्तुतीमा सञ्जय, कविराज र डम्बरले प्रतिस्पर्धा गरेका थिए । ब्याटल राउण्डमा टीम राजुबाट चोरेर आफ्नो टीममा सुरक्षित गरेका सञ्जयलाई नै दीपले लाइभ सोका लागि छनौट गरेका छन् ।

योसँगै टीम दीपका सबै प्रतिभाहरुले नकआउटको सामना गरेका छन् । आगामी तीन एपिसोडमा टीम प्रमोद, टीम राजु र टीम आस्थाका तीन-तीन जना प्रतिभा नकआउट राउण्डबाट छनौट भएर लाइभ सोमा प्रस्तुती दिनेछन् । लाइभ सोमा पुगेपछि कोचको निर्णय नभई दर्शकको भोटको निर्णयले यो वर्षको भ्वाइस अफ नेपालको बिजेता चयन गरिने छ । प्रभु-पे मोबाइल एप डाउनलोड गरी आफूलाई मन पर्ने प्रतिभालाई भोट दिन सकिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*