मकवानपुरको कुलेखानी–हुमाने सडकमा गाडी चलाउन रोक

जनपत्र
५ कार्तिक २०७६, मंगलवार १५:१७

मकवानपुरको कुलेखानीदेखि हुमानेसम्मको १५ किलोमिटर सडकमा सवारीसाधन सन्चालनमा रोक लगाइएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको २, ४ र ५ नम्बर वडाका सडकमा रहेका खाल्डाखुल्डी पर्ने र पहिरो पनि पन्छाउने काम भइरहेकाले मंगलबार बिहान ८ बजेबाट यातायातका साधन सन्चालनमा रोक लगाइएको हो ।

यातायाका साधन कहिलेसम्म रोकिने भन्ने खुलेको छैन । फाखेल प्रहरीले ‘केही दिनका लागि’ रोकिएको भनेको छ ।

सो सडक भएर चल्ने सवारी साधनका चालकलाई हेटौंडा, भिमफेदी, सिस्नेरी, फर्पिङको बाटो प्रयोग गर्न प्रहरी चौकी फाखेलले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*