६ दशक बित्यो, हेटौंडा–काठमाण्डौ कान्ति लोकपथ अझै पूरा भएन

सरिता दाहाल
२५ आश्विन २०७६, शनिबार ०९:४३

हेटौंडा । ६ दशक अघिदेखि निर्माण सुरु गरिएको कान्ति लोकपथको ट्रयाक ओपन कार्यले पुर्णता नपाउँदा दसैं मानेर काठमाडौं फर्कनेहरूले यसपटक पनि सहजता पाएनन्।

दसैंसम्म कुनैपनी हालतमा ट्रयाक ओपन फाइनल गर्ने भनिएता पनि यो पूरा भएन। मकवानपुरतर्फ २ किलोमिटर र ललितपुरतर्फ ४ किलोमिटर दुई लेन सडक चौडा गर्न अझै बाँकी छ। ठेकेदारले सम्झौताअनुसार काम नगर्दा नै काम अधुरै रहेको हो। २०७६ को दसैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुलाई सहज बनाउने गरी गत वर्ष ट्रयाक खोल्न ठेक्का गरिएको थियो।

कान्तिलोक पथ सडक सुधार योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले ठेकेदारले समयमा काम सम्पन्‍न नगरेकाले दसैंमा सवारीसाधान गुडाउने लक्ष्य फेल खाएको बताए। ठेकेदारलाई जरिवाना तिराउने वा के गर्ने भन्‍ने विषय छलफलकै बिषय रहेको उनले बताए। उनकाअ अनुसार बाँकी यो ६ किलोमिटर सडकमा कडा पत्थर छ।

ललितपुर खण्डतर्फ ट्र्याक खोल्न सूर्य, बाइवा जेभीले १७ करोड रुपैयाँमा ठेक्का पाएका थिए। मकवानपुरतर्फ नार्गाजुन र सर्वशक्ति जेभीले १० करोडमा ठेक्का पाएका थिए। अर्थ मन्त्रालयले मार्गको स्तरोन्‍नति गर्न आर्थिक वर्ष २०७६र७७ का लागि ६० करोड रुपैयाँ बजेट विनियोजित गरेको छ।

आर्थिक वर्ष २०७७र७८ मा निर्माण सम्पन्‍न गरी उद्घाटन गर्ने सरकारी लक्ष्य छ। योजनाअनुसार ट्र्याक चौडा ७१ किमि र कालोपत्रे ६९ भइसकेको छ। सडकको लम्बाइ हेटौंडाको बुद्ध चोकदेखि सातदोबाटोसम्म ९० किमि छ।

योजनाअन्तर्गत टीकाभैरव– सातदोबाटो ११ किमिबाहेक ७९ किमि छ। जसको ललितपुर र मकवानपुर खण्डअन्तर्गत २८ र ५१ किमि छ। नेपाली सेनाले २०१३ बाट ट्र्याक खोल्न सुरु गरेर २०१६ सम्पन्‍न गरेको थियो। कान्तिलोक पथ राजधानीलाई हटौडासँग जोड्ने छोटो भरपर्दो मार्गका रूपमा लिइन्छ।

पछिल्लो पटक २०७६ को असार र साउनको वर्षाका कारण क्षती पुगेको बाटोको मर्मत तथा सफाई भने सकिने चरणमा रहेको बताइएको छ। ुकान्तिलोकपथ यात्रागर्दा साह्रै मज्जा आउँछ, ट्रयाक चाँडै पुरा भएमा अन्य सडकको चाप घट्नेछु, काठमाडौबाट कान्तिलोकपथ हुँदै मोटरसाइकल यात्रामा रहेका राम गुरागाईले भने, ुडाँडाकाँडा हेर्दै, रमाइलो गर्दै, सहजै उपत्यका पुगिन्छ, पर्यटकीय गन्तव्य जत्तिकै आकर्षक छ।ु यो मार्गले मकवानपुर ललितपुरको बिकट क्षेत्रमा रहेका कृषक उत्पादनलेसमेत बजार पाउने र उनीहरूको जीवनशैलीमा सुधार आउने छ। नेपाल न्यूजबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*