कानूनी राज्यको पालना गर्न प्रहरीको भूमिका महत्वपूर्ण–मुख्यमन्त्री पौडेल

जनपत्र
२४ आश्विन २०७६, शुक्रबार १०:३०

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानूनी राज्यको पालना गर्नका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने वताउनुभएको छ । ६४ औ प्रहरी दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालयले बिशेष कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आज प्रदेशको राजधानी हेटौंडामा यस्तो बताउनुभएको हो ।

कानूनी राज्यको कार्यान्वयन गर्न प्रहरीले खेलेको भूमिका अति महत्त्वपूर्ण भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । नागरिक मैत्री प्रहरी वन्नका लागि मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभयो । प्रदेश प्रहरीको सबैप्रकारको ब्यवस्थापनमा प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

प्रदेश अनुसंधान व्युरो गठन गर्ने तयारीमा प्रदेश सरकार लागि परेको वताउँदै उहाँले भन्नुभयो–प्रदेश प्रहरीलाई जनस्तसम्म सुढृड बनाउने नीति लिएका छौ । प्रहरी र जनताबीच सहकार्यलाई अझै बलियो बनाउन आवश्यक नीतिगत सुधार गर्नपनी प्रदेश सरकार तयार रहेको छ ।’ प्रहरी नागरिकका सेवक रहेको उहाँले वताउनुभयो ।

कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरिक्षक शेरबहादुर वस्नेतले नागरिकको सेवामा आफुहरु लागिपरेको वताउनुभयो । नागरिकको सेवा र सुरक्षामा नेपाल प्रहरी जुनसुकै अवस्थामा पनि लागिपरेको वताउनुभयो । अपराध नियन्त्रणमा प्रविधिको प्रयोग गरेको उहाँले वताउनुभयो ।

कार्यक्रममा पुर्व प्रहरीलाई दिवसको बेलामा औपचारिकता पुरा गर्नमात्र सम्झने गरेकोमा पुर्व प्रहरी संगठन ३ नम्बर प्रहरीका संयोजक प्यारासिंह योन्जनले गुनासो गर्नुभयो । पुर्व प्रहरीलाई पनि गांजा नियन्त्रणलगायत कानून बिपरितको कार्य नियन्त्रणमा सहभागी गराउन पुर्वप्रहरी योन्जनले आग्रह गर्नुभयो ।

कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोसी, हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिनाकुमारी लामालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अमर प्रहरी परिवार सम्मान, उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो । दिवसको अवसरमा आयोजना गरेको विभिन्न खेलका बिजयिलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*