हेटौंडाका सुमोद्वारा दुवै तर्फबाट यात्रु ठगी

काठमाण्डौबाट हेटौंडा आउँदा र हेटौंडाबाट काठमाण्डौ जाँदा एक जना यात्रु संग एक हजार सम्म भाडा असुली गरेका छन् ।
हरि हुमागाईं
२३ आश्विन २०७६, बिहीबार ०९:२१

घटना -१

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पीप्लेकी मिना श्रेष्ठलाई मकवानपुरको भिमफेदी गाउँपालिकाको देउरालीमा आएपछी टाटा सुमोले दुईजनाको भाडा दुई हजार रुपैयाँ लियो । काठमाण्डौबाट हेटौंडा बजार तर्फ आउने क्रममा बिचमा प्रहरीको झमेला बेहोर्नुपर्ला भनेर मकवानपुरमा आएपछी मात्र ना १ ज ४१६६ नम्वरको टाटा सुमोले श्रेष्ठ दम्पतीको दुईजनाको भाडा वापत दुई हजार रुपैयाँ बिना टिकट चालकले पैसा लिए ।

काठमाण्डौबाट हेटौंडा आउनका लागि चार सय ५० रुपैंया एक जना यात्रुको भाडा हो । तर, जनही एक हजार रुपैयाँका दरले दिव्यज्योती नामको टाटासुमोले त्यतीका धेरै भाडा माग्दा नदिने प्रतिवाद गर्दा पनि आफुले सुखै नपाएको श्रेष्ठको गुनासो छ । काठमाण्डौमा दशैको टिका लगाएर हेटौंडा फर्कने क्रममा उहाँले असोज २२ गते दिउसो साढे १२ बजे आफ्ना वुवालाई पनि मध्य हेटौंडा नामको टाटा सुमोले एक हजार रुपैयाँ लिएको वताउनुभयो । बुवालाई सुमो चढाए लगतै आफु आउँदा पनि एक हजार रुपैयाँका दरलेनै सुमोले भाडा लिएको उहाँले वताउनुभयो ।

घटना -२

हेटौंडाबाट आज छुटेका यहाँका एक दर्जन भन्दा वढी टाटा सुमो काउन्टरहरुले काउन्टरबाट टिकट नकाटीकन करिव चार सय वटा टाटा सुमोका आफ्ना ४ हजार जना यात्रुलाई ६ सय रुपैयाँ देखि एक हजार रुपैयाँ सम्म भाडा रकम लिएर ठगि गरे । यात्रु ठग्नेमा भाडाका नम्बर प्लेटका सुमो संगै अरु निजी नम्बर प्लेटका सुमोहरु समेत छन् । सबै यात्रुको गुनासो सुमोले वढी भाडा लिए ।

चौकिटोलको संयुक्त सुमो काउन्टर, मेनरोड पिपलबोटमा रहेको काउन्टर, बसपार्क, मेनरोडका काउन्टर सबैमा काउन्टरका कर्मचारीले यात्रुसंग मनलाग्दी रुपमा तोकिएको भन्दा दोव्वर भाडा लिए । सबैजसो यात्रुहरु तोकिएको ४ सय ५० रुपैयाँ भन्दा वढी एक हजार रुपैयाँ सम्म तिरेर काठमाण्डौ गए । तर, कही कतै पनि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सकेन । आज एक दिनमा मात्र ४ हजार जना यात्रु ठगिए । यो ठगि दशै सुरु हुँदाको घटस्थापना देखिनै हो । तर, आजका दिन सम्म पनि मकवानपुर प्रहरीले ठगि गर्ने सुमोलाई भेट्नै सकेको छैन । यात्रु ठगिनेक्रम भने रोकिएको छैन ।

घटना- ३

काठमाण्डौबाट दशैको नवमीको दिनमा हेटौंडामा बुवा, आमाकहाँ टिका लगाउनका लागि नयू हाम्रो सुमो सेवाको ना १ ज ७२०१ नम्बरको गाडीमा मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ का इन्द्र प्रसाद तिमल्सीना सहित तीन जना चढ्नुभयो । उहाँलाई पनि सुमोका मालिक, चालक र काउन्टरका कर्मचारी मिलेर भाडामा ठगि गरे । त्यस सुमोमा एउटै गाडीको भाडा दुईथरीका दरले सुमो काउन्टरमा लिइयो ।

अगाढी सिटमा वस्ने इन्द्र प्रसादलाई एक हजार रुपैयाँ र पछाडी वस्ने श्रीमती र छोरीलाई ८ सय रुपैयाँका दरले सुमो भाडामा ठगि गरे । तीन जनाको भाडा २६ सय रुपैयाँ तिर्नुपरेको तिमल्सीनाले वताउनुभयो । हेटौंडाको मेनरोडमै मुख्य कार्यालय रहेको यस सुमोले ठगि गरेको यो पहिलो पटक होइन । काठमाण्डौबाट हेटौंडा आउँदा र हेटौंडाबाट काठमाण्डौ जाँदा यो दशै सुरु र्भदेखिनै हाम्रो सुमो सेवाले यात्रु ठग्ने गरेको गुनासो गरेका छन् ।

दशैको टिकाको भोलीपल्ट देखि दुबै तर्फबाट सुमोको ठगी

हेटौंडा–काठमाण्डौ ओहोर दोहोर गर्ने टाटा सुमोहरुले दुबै तर्फबाट यात्रुसंग ठगी गरेका छन् । हेटौंडाबाट काठमाण्डौ जाँदा पनि यात्रु संगै तोकिएको भन्दा दोव्वर भाडा लिने र अहिले काठमाण्डौबाट हेटौंडा आउँदा पनि सुमोले भाडामा ठगि गरेका छन् ।

दशै अघि घटस्थापना देखि नवमीको दिन सम्म काठमाण्डौबाट हेटौंडा आउँदा मात्र यात्रु ठगि गरेका सुमोहरुले अहिले हेटौंडाबाट काठमाण्डौ जाँदा र काठमाण्डौबाट हेटौंडा फर्कदा समेत यात्रु संग तोकिएको भन्दा दोव्वर भाडा लिएको टाटा सुमो काउन्टरका एक कर्मचारीले वताए । सबैजसो यात्रुहरुको गुनासो पनि त्यही छ । दुबै तर्फ सुमो कृतिम अभाव सृजना गरेर यात्रु संग ठगि गरिएको छ ।

एक तर्फबाट रित्तो हिड्नुपरेको सुमोका मालिकहरुको नाटक

दशैको टिकाको भोलीपल्टबाट देखिबाट हेटौंडाका सुमो काउन्टरमा यात्रुहरुको भिड छ । काठमाण्डौबाट हेटौंडा आउनेहरु पनि काठमाण्डौको बल्खुमा सुमो कुरेर वसेका छन् ।

सुमो आईहालेमा यात्रुहरु झम्टिएर सिटमा वस्न खोज्छन् । तर, एक जनाको एक हजार रुपैयाँ भाडा तिर्दा पनि सुमो काउन्टरका कर्मचारीले कुराएर राखेको यात्रुहरुको गुनासो छ । तर, सुमोका मालिकहरु भने काठमाण्डौबाट रित्तो फर्कनुपरेकाले यात्रुसंग वढी भाडा लिनुपरेको वताउँछन् । कुनै पनि सुमोहरु काठमाण्डौबाट हेटौंडा आउँदा रित्तो आएका छैनन् । भरीभराउ यात्रु लिएर एक जना संग एक हजार रुपैयाँ सम्म असुल गरिरहेका छन् ।

टाटा सुमोको ठगि नियन्त्रण गर्न लाग्दै छौ–प्रमुख जिल्ला अधिकारी

दशैको टिकाको भोलीपल्टबाट दुबै तर्फबाट टाटा सुमोले ठगि गरेको विषयमा नियन्त्रण गर्ने प्रयास भईरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले वताउनुभयो । आज देखि हेटौंडाको चौकिटोल र भैसेमा ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले चेकिङ गरेर यात्रु ठगिएको विषयमा बुझ्ने काम गरिरहेको उहाँले वताउनुभयो ।

यात्रुहरुको केही गुनासो आएकाले यसको नियन्त्रणको लागि आफुहरु लागिपरेको वताउनुभयो । तर, हेटौंडाको चौकिटोलमा भने सुमोले ठगि गरेको विषयमा प्रहरीले कुनै पनि चेकिङ गरेको देखिदैन । यात्रु ठगि गरेका सुमोहरु हुइकीइ रहेका छन् । भैसेमा पनि सुमोले वढी भाडा लिएको विषयमा खासै ट्राफिक चेकिङ गरेर यात्रुले असुल गरेको वढी भाडा फिर्ता भएको छ्रैन । यी दुवै स्थानमा प्रहरीको चेकिङ वषै अघि देखि भईरहेको भएपनि सुमोको ठगिका विषयमा रोकेर सोधपुछ समेत नभएको यात्रुहरुको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*