हेटौंडामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

जनपत्र
१३ फाल्गुन २०८२, बुधबार १४:१७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम सडकखण्डमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

आज बिहान करिब ५ः०५ बजे हेटौंडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–१ निवासी २२ वर्षीय संजित स्याङतान र पछाडि सवार सोही स्थानका १८ वर्षीय अमोश थिङ गम्भीर घाइते भएका थिए।

दुवै जनालाई उपचारका लागि चुरेहिल अस्पताल हेटौंडा पठाइएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि फरार ट्रकको खोजी गर्ने क्रममा प्रहरीले ग २ ख ८९८ नम्बरको ट्रकलाई पर्साको वीरगंज महानगरपालिका–१३ पर्तिमाचोकस्थित एक ग्यारेजबाट नियन्त्रणमा लिएको छ। ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–३ निवासी ३६ वर्षीय अनिल साहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय नेवारपानीबाट करिब ५ किलोमिटर पूर्वमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*