मकवानपुर–१ मा नेकपाका विजय गौतमको चुनावी अभियान तीव्र
हेटौंडा । मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमलाई विजयी गराउने उद्देश्यका साथ बागमती गाउँपालिकाका तीन वटा वडामा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ।
बागमती गाउँपालिका वडा नम्बर–७ ९पाथिभरा०, वडा नम्बर–५ ९ज्यामिरे० र वडा नम्बर–४ ९झुरझुरे० मा छुट्टाछुट्टै रूपमा कार्यक्रम आयोजना गरी चुनावी अभियानलाई थप गति दिइएको हो।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू प्रेमबहादुर पुलामी ९छिन्तु०, सर्केस घलान, ध्रुव भुजेल, केन्द्रीय सदस्य तथा सल्लाहकार परिषद सदस्य यादव गजुरेल सहित प्रदेशस्तरीय नेताहरू कमान सिंह पाख्रिन, ग्यान सागर लामा, अरुण बल, माधव तिमल्सिना लगायतको उपस्थिति रहेको थियो। नेताहरूले मकवानपुर–१ मा विजय गौतमको जितलाई कसैले रोक्न नसक्ने दाबी गर्दै जनसमर्थन थप मजबुत बन्दै गएको बताएका थिए।
उम्मेदवार विजय गौतमले कार्यक्रममा सम्बोधन गर्दै आफू इमान, निष्ठा र जिम्मेवारीको अठोटका साथ उम्मेदवारीमा उत्रिएको बताए। उनले चुनावको समयमा मात्र नभई यसअघिदेखि नै आफू निरन्तर जनताको बीचमै रहँदै आएको र अहिले उम्मेदवारीसहित घर–घरमा पुगिरहेको बताए।
गौतमले देशलाई आवश्यक परिवर्तनका लागि नेतृत्वमा पुस्तान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै युवा नेतृत्वको खाँचो रहेको बताए। उनले अहिलेको पुस्ता, विशेषगरी न्भल श्, ले पनि परिवर्तन, हस्तान्तरण र नयाँ नेतृत्व खोजिरहेको भन्दै त्यसका लागि युवालाई एकपटक अवसर दिनुपर्नेमा जोड दिए।
उनले आफू परिवर्तनको एजेन्डा बोकेर अघि बढेको दाबी गर्दै मकवानपुर क्षेत्र नम्बर–१ का मतदाताले सशक्त, जुझारु र सक्रिय युवा उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले विजय गौतमलाई मकवानपुर–१ बाट सर्वाधिक मतका साथ विजयी गराउन सबैलाई सक्रिय हुन आग्रह गरेका छन्।







