यौन दुराचारका आरोपी निवर्तमान सभामुख कृष्ण बहादुर महरा विरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्न अनुमति दिएलगतै प्रहरीले उनलाई पक्राउ पूर्जी जारी गरेको हो। महरालाई नियन्त्रणमा लिन प्रहरी टोली सभामुखको सरकारी निवास ।
जनपत्र
१९ आश्विन २०७६, आईतवार १७:०३

काठमाडौं जिल्ला अदालतले निर्वतमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महराविरुद्ध पक्राउ गरी अनुसन्धान प्रत्रिया अघि बढाउन आदेश दिएको हो।

निवर्तमान सभामुख महरामाथि यौन दुराचारको आरोप लगाएकी रोशनी शाहीले प्रहरीमा जाहेरी दिएकी थिइन्। शाहीले महानगरीय प्रहरी वृत्त बानेश्वरमा शनिबार जाहेरी दिएकी हुन्।

रोशनीले आइतबार साँझ आफूमाथि महराले यौन दुराचार गरेको आरोप लगाएकी छिन्। महानगरीय प्रहरी वृत्त बानेश्वरमा शनिबार बिदाकै दिन भए पनि प्रहरीले जाहेरी दर्ता गराएको छ।

शनिबार अदालत बन्द हुने भएकाले आइतबार मात्रै नेपाल प्रहरीले अदालतसमक्ष महरालाई पक्राउ गर्न अनुमति मागेकाे हाे

आइतबार साँझ रोशनीको कोठामा पुगेका महराले यौन दुर्व्यवहारको प्रयास गरेको रोशनीको आरोप छ।

महराविरुद्ध पक्राउ पूर्जी जारी भएपछि अब प्रहरीलाई महरालाई पक्राउ परेर अनुसन्धान प्रक्रिया सुरु गर्न बाटाे खुलेकाे छ।

कृष्णबहादुर महरालाई नियन्त्रणमा लिन प्रहरी टोली सभामुखको सरकारी निवास

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नियन्त्रणमा लिन प्रहरी टोली सभामुखको सरकारी निवास बालुवाटार पुगेको छ। प्रहरीको टोली महरा निवासमा अपरान्ह साढे ४ बजे पुगेको हो।

अपरान्ह करिव २ः३० मा काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्न अनुमति पाएको प्रहरीले दुई घण्टापछि सभामुखको सरकारी निवास बालुवाटार पुगेर सोधपुछ थालेको हो।

‘महरा प्रहरी नियन्त्रणमा आइसक्नु भएको छ, सोधपुछ गरेर अब पक्राउ गर्न मात्रै बाँकी हो,’ प्रहरीको उच्च स्रोतले भन्यो।

संसदमै कार्यरत कर्मचारी रोशनी शाहीको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्न अनुमति दिएलगतै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

आइतबार साँझ रोशनीको तिनकुनेस्थित डेरामा पुगेका महराले राति पौने ९ बजे आफूमाथि यौन दुराचार गरेको तथा कुटपिट समेत गरेको उनले आरोप लगाएकी छिन्।

महराले सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए। रोशनीले घटनाको ६ दिनपछि शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा बलात्कारको प्रयास तथा कुटपिट गरेको उल्लेख गर्दै महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

प्रहरीका अनुसार रोशनीले शुक्रबारै स्वास्थ्य परीक्षण गराएकी छिन्। साथै उनको कोठामा फेला परेका सामग्रीको फोरेन्सिक जाँच गरिसकिएको प्रहरीले बताएको छ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता (ऐन) को दफा ९ को उपदफा ३ (२) अनुसार पक्राउ पूर्जी जारी गरेको हो।

कार्कीले उक्त ऐनको दफा ९ मा कसुरदारलाई पक्राउ गर्न सकिने व्यवस्था रहेको जानकारी दिए। यसअघि महरालाई पक्राउ गर्नुअघि प्रहरीले सरकारी वकिलहरुसँग पनि परामर्श लिएको थियो।

कहिले के भयो ?

महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ ।

पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले श्रीमान छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको उनको दाबी छ ।

आफूले प्रतिवाद गर्दा कुटपिट गरेको उनको दाबी छ । घटना लगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी पनि थिइन् । उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो ।

त्यसको भोलिपल्ट यो घटना बाहिर आयो ।

महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो । त्यसवेला अनलाइनखबरसँग कुरा गर्दै महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए ।

तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।

लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको भिडियो सार्वजनिक भयो, जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् ।

उनी उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गइनन् । बरु १५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् ।

पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय भएको १६ साउनमा सार्वजनिक भयो ।

तर घटनाले त्यसबेला फेरि यू-टर्न लियो, जब पीडित महिलाले शुक्रबार महराविरुद्ध किटानी जाहरी दिइन् । नेपाल न्युज र अनलाईन खवरबाट ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*