बिधुत प्राधिकरणको लापरबाहीः हेटौंडामा करेन्ट लागेर आमा, छोराको मृत्यु

जनपत्र
१९ आश्विन २०७६, आईतवार १६:५०

हेटौंडा । नेपाल बिधुत प्राधिकरणको लापरबाहीका कारण आज करेन्ट लागेर आमा छोराको मृत्यु भएको छ । विद्युत प्रवाह भईरहेको तार छिनेर बारीमा झर्दा पनि त्यसलाई व्यवस्थापन नगरेकाले आमा छोराको मृत्यु भएको हो ।

करेन्ट लागेर मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेवीमा आज दिउसो करेन्ट लागेर ५५ बर्षीया लेखमाया पराजुली र उनका २८ बर्षीय छोरा मदन पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताउनुभयो । उनीहरुको उपचारको क्रममा हेटौँडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको हो ।

आमालाई करेन्ट लागेपछि बचाउन गएका छोरा मदन र बुहारी रेनुकालाई समेत करेन्ट लागेको थियो । घाइते बुहारी रेनुकाको उपचार भईरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बिधुत प्रवाह भएको तार तत्काल व्यावस्थापन नगरेकै कारण दुईजनाको मृत्यु भएको स्थानीय प्रतक्ष दर्सीहरुले वताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*